अब कम्युनिष्टहरुको नेतृत्वमा मुलुक अघि बढ्छः प्रधानमन्त्री ओली

hgg]tf dbg e08f/L hGdhoGtL hgg]tf dbg e08f/Lsf] ^& cf}F hGdhoGtLsf cj;/df laxLaf/ sf7df8f}Fdf cfoflht ;df/f]xdf hgg]tf dbg e08f/Lsf] tl:a/df k'ik u'R5f ck{0f ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई हाँक्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्रै सुशासनसहितको समाजवादी तर्फको यात्रालाई अघि बढाउन सक्ने पनि बताए ।

मदन भण्डारीको जन्मजयन्तिको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा सामाजिक सदभाव कायम गरेर अघि बढने योजना पनि समेत सुनाए । प्रधानमन्त्री ओलीले कम्युनिष्ट नेतृत्वमा मुलुकलाई अघि बढाउने समय आएको तर्क समेत गरे ।

प्रधानमन्त्री ओलीले आगामी असोज ३ गतेभित्र संविधान कार्यान्ववयनका लागि आवश्यक सबै कानुन निर्माण गरिसक्ने घोषणा पनि गरे । उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा सिन्को समेत नभाँचेको भन्दै आक्रोस समेत पोखे ।

प्रधानमन्त्री ओलीले सरकारले तराईमा हुने डुबान समस्या समाधान गर्न सर्भे टोलीनै परिचालन गरेको पनि उल्लेख गरे । उनले भारतसँग सन् १९५० मा भएको असमान सन्धि पुनरावलोकन गर्न लागिएको बताउँदै थप चार ठाउँबाट हवाई रुट परमिट लिने भारतसँगको समझदारी कार्यान्वयनमा आउनु नेपालका लागि ठूलो उपलब्धि भएको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रित भएको स्पष्ट पारे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले दिनु भएको वैचारिक योगदानको पनि स्मरण गरेका थिए ।