एनआरएन कृषि समिति बनेपामा धान दिवस मनाउँदै

लन्डन । एनआरएन कृषि प्रबद्र्धन समितिले राष्ट्रिय धान दिवसुको अवसरमा बनेपामा रोपाई कार्यक्रम आयोजना गर्ने जनाएको छ । समिति संयोजक युवराज गुरुङका अनुसार भोली अर्थात असार १५ गते मनाइने धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गरिन लागिएको हो । गैर आवासीय नेपाली संघ, कृषि प्रवर्द्धन समितिको आयोजनामा बनेपा नगरपालिका १२ स्थित कोटथुम्का गॉउमा रोपाईं कार्यक्रम गरिने कार्यक्रम तय भएको छ ।