भूकम्पबाट क्षतविक्षत नेपालका लागि जापानको (८० करोड ) को सहयोग )

japan

 जापान आफै पनि प्राकृतिक प्रकोप ले पिडित देश मध्य को नम्बर एक मा परे पनि नेपाल लाई आर्थिक सहयोग बिस्व को धनाड्य भनेर चिनिने अमेरिका ($ 10 million ) भन्दा ८ गुणा बढी सहयोग दिने भएको छ |

काठमाडौं, वैशाख १५ । जापानले नेपालका भूकम्पपीडितहरुका लागि ८० करोड डलर सहयोग दिने भएको छ ।

जापान सरकारले आपतकालीन अनुदान सहयोगअन्तर्गत् उक्त रकम दिने निर्णय गरेको हो । आर्थिक सहयोगका साथै जापानले पीडितहरुका लागि मानवीय सहयोग गर्न उद्धार टोली र राहत सामग्री पनि पठाइरहेको जनाइएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी प्रभावकारी उद्धार र पुनःस्थापनाका लागि निरन्तर सहयोग गरिने जनाएको छ ।