धवलागिरी चुचुरोमा मुटुको चाल परीक्षण गर्दै बेलायती सेना

uk armyकाठमाडौं- कम अक्सिजन भएको निकै उच्च स्थानमा व्यायाम गर्दा मुटुमा पर्ने प्रभावको अनुसन्धान गर्न बेलायती सेनाका सदस्यले शरीरमा प्रत्यारोपण गरी बायोसेन्सरको नेपालमा परीक्षण गर्ने भएका छन्।
विश्वका अग्ला हिमालमध्ये सातौ स्थानमा पर्ने ८ हजार १ ६७ मिटर अग्लो धवलागिरीको उत्तर पूर्वी भागबाट आरोहण गर्दै बेलायती टोलीलले श्रृंखलाबद्ध चिकित्सा परीक्षा गर्नेछ।

‘ब्रिटिस सर्भिसेस धवलागिरी मेडिकल रिसर्च एक्सपेडिसन २०१६’ नाम दिइएको सो टोलीले मानव शरीरमा उच्च स्थानको वातावरणले पार्ने प्रभावबारेमा अनुसन्धान गर्नेछ।

प्रत्यारोपण प्रविधिको ६ हजार मिटरमाथिको उचाईमा सेनाले अनुसन्धान गर्न लागेको यो पहिलो घटना हुने बताइएको छ। बेलायती टोलीले ६ हप्ता आफूलाई वातावरणमा अनुकूल बनाएपछि अक्सिजन बिना आरोहण सुरु गर्नेछ।

आउँदो मे २० सम्म आरोहण पूरा गरिसक्ने अनुमान गरिएको छ।