आप्रवासीका लागि एक लाख केन्द्र बनाइने

Migrants shout slogans after being stopped in Bicske, Hungary, Thursday, Sept. 3, 2015. Over 150,000 migrants have reached Hungary this year, most coming through the southern border with Serbia. Many apply for asylum but quickly try to leave for richer EU countries. (AP Photo/Petr David Josek)

ब्रसेल्स: युरोपका कैयौं देशमा पछिल्लो समयमा बढ्दै गएको शरणार्थी एवं आप्रवासी समस्या समाधानका लागि एक लाख केन्द्र निर्माण गरिने भएका छन्।

युरोपेली आयोगले आप्रवासीहरूको युरोप प्रवेशको प्रमुख द्वार मानिने बाल्कन क्षेत्र र त्यसवरपर निर्माण गर्ने गरी प्रस्ताव गरेको आप्रवासी केन्द्रका युरोपेली देशहरूले सहयोग गर्ने भएका हुन्।बाल्कन क्षेत्रमा युरोपेली आयोगले करिब एक लाख केन्द्र स्थापनाको प्रस्ताव गरेको छ।
आप्रवासीहरूलाई सहयोगका लागि ती केन्द्रको स्थापना गर्न लागिएको हो। बाल्कन दक्षिणपूर्वी युरोपेली एक भूभाग हो। यसको नाम एक टापुको नामबाट राखिएको हो । युरोप प्रवेश गर्ने शरणार्थी यसै क्षेत्रबाट भएर धेरै जाने गर्छन्।

ब्रसेल्समा युरोपेली देशका मन्त्रीहरूको बैठकपछि आयोगले यस्तो प्रस्ताव गरेको हो । प्रस्तावपछि उनीहरूले केन्द्रका लागि सहयोग गर्नुपर्ने आयोगको भनाइ छ। युरोपेली आयोगका अध्यक्ष जँ क्लाउड जङ्करले ती केन्द्र निर्माणको प्रस्ताव गरिएको जानकारी दिए।

गत महिना ब्रसेल्समा युरोपका विभिन्न १० देशका प्रमुखसँगको छलफलपछि ती केन्द्र निर्माणको प्रस्ताव गरेका हुन्। उनले पछिल्लो समयमा बढ्दै गएको आप्रवासी समस्या समाधानका लागि उनीहरू प्रवेश गर्ने मुख्य नाकामा एक लाख केन्द्रको निर्माण गरेर उनीहरूलाई सेवा दिइने जानकारी दिएका हुन्।

विश्वका विभिन्न देशमा पछिल्लो समयमा हिंसा र आन्तरिक द्वन्द्व बढ्दै जादा युरोप छिर्ने शरणार्थीको संख्यामा पनि विगतका तुलनामा निकै ठूलो मात्रामा वृद्धि हुँदै गएको बताइएको छ। पछिल्लो समयमा सिरिया, यमन, इराक, मध्यअफ्रिकी देशहरूका साथै अन्य देशहरूबाट हिंसाका कारण नागरिक बाहिरिने गरेका छन्। उनीहरूका कारण शरणार्थी समस्या थप बढ्न थालेको छ।

यसैगरी सिरिया, लेबनानलगायत अन्य हिंसाग्रस्त देशहरूबाट युरोप छिर्ने आप्रवासीको संख्या पछिल्ला दुई वर्षयता लगातार रूपमा वृद्धि भइराखेको अधिकारीहरूले जनाएका छन्।कैयौं आप्रवासी हंगेरीको संकटकालीन आ श्रयस्थल (शिविर) मा बस्दै आएका छन्।

अस्ट्रियाबाट कम्तीमा पनि दुई लाख शरणार्थी बाहिरिएका तर रेलमार्गबाट यात्रा गर्ने उनीहरूको तथ्यांक राख्न असम्भव रहेको पनि बताइएको छ।बुल्गेरिया, रोमानिया र सर्वियाले आफ्नो देशको सीमा क्षेत्रबाट युरोपमा प्रवेश गर्न नदिने धम्की दिएको केही दिनपछि ब्रसेल्समा बसेको बैठकपछि जङ्करले यस्तो सहयोगका लागि आग्रह गरेका थिए।

विभिन्न देशमा जारी हिंसा, आन्तरिक राजनीतिक आन्दोलनका साथै विभिन्न आतंककारी क्रियाकलापका कारण पछिल्लो समयमा युरोपमा आप्रवासीको संख्या बढ्दो मात्रामा रहेको छ। यसवर्ष मात्र कम्तीमा पनि ६ लाख ७० हजार शरणार्थीले युरोप प्रवेश गरेका छन् । यसरी विभिन्न बाटो भएर युरोप प्रवेश गर्नेमा तीन हजारको ज्यान पनि गएको छ।

युवा बेरोजगार समस्या समाधान गर्न युरेसियाले संयुक्त पहल गर्नुपर्ने
ब्रसेल्स: युरोप र एसियाका युवा नेताले युरोप र एसियामा व्याप्त युवा बेरोजगार समस्या हल गर्नका लागि संयुक्त पहल थालनी गर्नुपर्ने बताएका छन्।

एसिया-युरोप फाउन्डेसनको युवा नेताको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै लक्जम्बर्गका विदेश तथा युरोप मामिलामन्त्री जिन असेलबर्नले युवा बेरोजगार समस्याविरुद्ध लड्न युरेसियाली मुलुकहरू सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

युरेसियाली मुलुकहरू युवा स्वरोजगारका अवसर सिर्जना गर्ने, रोजगारका कार्यक्रम खोज्ने अभियानमा गतिशीलता दिने तथा सामाजिक समन्वय गर्नुपर्ने बताए । मंगलबारदेखि सुरु भई यही बिहीबार लक्जम्बर्गमा सम्पन्न हुने सम्मेलन युरेसियाका विदेशमन्त्रीहरुको बाह्रौं एसिया–युरोप बैठक (एसेम) को उपस्थितिमा भएको हो।

‘उद्यम र युवा रोजगार’ विषयक यो सम्मेलनमा राजनीतिक, आर्थिक तथा शैक्षिक वृतका १८–३० वर्षभित्रका प्रभावशाली एसेम सदस्य राष्ट्रका युवा नेताहरूको सहभागिता भइरहेको छ।

सम्मेलनले उद्यम तथा युवा रोजगारका लागि गतिशील एवं सिर्जनात्मक आधार निर्माण गर्ने विश्वास लिएको लक्जम्बर्ग सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। -एजेन्सी