नेपालमाथि विश्वका अन्य राष्ट्रले पनि नाकाबन्दी गर्नुपर्छ: राजेन्द्र महतो(भिडियो हेर्नुहोस)

बारा, कार्तिक १८ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमाथि भारतले मात्र नभई अब चीन र विश्वका अरु राष्ट्रले पनि नाकाबन्दी गर्नुपर्ने माग गरेका छन् ।
बाराको सिमरामा पत्रकारहरुसँग महतोले आफ्नै देश र नागरिकप्रति नाकाबन्दीको माग गर्दै वीरगञ्जको घटनासँगै सरकारसँग वार्ताको औचित्य सकिएको पनि बताए ।

बाराको जितपुरमा सवारी साधन तोडफोडको आरोपमा पक्राउ परेकाहरुलाई भेटन इलाका प्रहरी कार्यालय सिमरा पुगेका उनले मधेशी मोर्चाको आन्दोलनले मात्र सरकार नगलेकाले अरु विश्वले पनि नेपालमा नाकाबन्दी गर्नपुर्ने बताएका हुन् ।
देश र जनताप्रति नै उग्र कुरा गर्न थालेपछि स्थानीयले भने महतो चढेको मोटरसाईकलको साँचो खोसिदिएका थिए ।