अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

काठमाडौँ – नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा रन्जित तामाङले बाजी मारेका छन् ।

गत भदौ ७ गते देखि काठमाडौंमा जारी क्रान्तिकारीको २१औ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनकालागि भएको निर्बाचनबाट तामाङ निर्वाचित भएका हुन् ।

तामाङले अध्यक्षका प्रत्यासी अनिल शर्मालाई झिनो मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भए ।

यसैगरी खुल्ला उपाध्यक्षमा सुरेन्द्र वस्नेत, तिलक भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् ।

जनजाति उपाध्यक्षमा दिपेश पुन र महिला उपाध्यक्षमा पन्चा सिंह विजयी भए ।

क्रान्तिकारीको महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् ।

उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी छन् ।

-खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् ।

कोषाध्यक्षमा केशव रावल विजयी भए ।