फ्रान्सका प्रधानमन्त्री मेन्युल भेल्सले आफ्नो राष्ट्र मुस्लिम विरुद्धनभइ अतिवाद र आतंकवादविरुद्ध लडाइँ लडिरहेको बताएका छन् । फ्रान्सको संसदमा बोल्दै प्रधानमन्त्री भेल्सले ‘इस्लामी बन्दुकधारीले १७ जना नागरिकको हत्या गरी फ्रान्सको आत्मालाई मार्न चाहेपनि असफल भएको’ बताए ।
उता, इस्लामिक अतिवादी लडाकूले आक्रमण गरी प्रधानसम्पादकसहित १२ जनाको हत्या गरेको फ्रान्सको व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’को नयाँ अंक बुधबार बजारमा आएको छ ।
‘चार्ली हेब्डो’ले यो हप्ताको कभर पेजमा फेरि एकपटक पैगम्बर मोहम्मदको कार्टुन छापेको छ । उक्त कार्टुनमा पैगम्बरलाई रुँदै ‘म चार्ली हुँ’ भनिरहेको देखाइएको छ भने माथिल्लो भागमा ‘सबैलाई माफी दिइन्छ’ लेखिएको छ ।
प्रतिहप्ता ६० हजारप्रति छापिने पत्रिकाको यस अंक ३० लाखप्रति छापिएको बीबीसीले जनाएको छ ।
‘चार्ली हेब्डो’को कभरमा फेरि पैगम्बर मोहम्मदको कार्टुन






