लण्डन । गुल्मी जिल्ला समाज यूकेको १२ औं वार्षिक भेला आइतबार भव्य रुपमा सम्पन्न भएको छ ।
गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम अल्डरसटको कनर्ट स्कुलमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न भएको हो।
कार्यक्रममा भाग लिन कोसौं टाढाबाट बस नै रिजर्भ गरेर बर्मिंगहम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट झण्डै १२ सय संख्याका गुल्मेलीहरु अल्डरसटमा भेला भएका थिए ।
कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट आएका गुल्मेली कलाकारद्धय बैकुण्ठ महत र सुशिला गौतमले विभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई घण्टौंसम्म नचाएर मातृभूमि स्मरण गराए।
गायक महत र गायिका गौतमले आफ्ना प्रसुती पस्कंदा दर्शकले ‘वान्स मोर’ भन्दै दोहोर्याएर गाउनु पर्यो ।
प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुतिसंगै कार्यक्रमस्थलमा गुल्मेली ठाडो भाका, झयाउरेदेखि रोइला, भजन र दिदीबहिनीहरुका तीज गीतका नाचगानसम्म विशेष आकर्षण बनेका थिए ।
कार्यक्रमको सम-उद्धघान प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा एनआरएन आईसीसी सदस्य शान्ति थापा कुँवर,एनआरएन यूकेका,उपाध्यक्ष प्रेम गाहामगर, महासचिव आर के त्रिपाठी समाजका अध्यक्ष राम गलामीले संयुक्त रुपमा गरे ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी सहित बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधीहरु अतिथीका रुपमा सहभागी थिए ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव शिव भण्डारीले गरेका थिए । सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफ तथा स्वागत मन्तव्य उपाध्यक्ष, कार्यक्रम संयोजक टोप पल्ली एबम पूर्व अध्यक्ष अर्जुन गौतम र उपाध्यक्ष फडिन्द्र भट्टराई मन्तव्य राखेका थिए ।
प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले,बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने गुल्मेलिलाई एकै थलोमा जमघट र नेपाली कला संस्कृति संरक्षण गर्नु समाजको उद्देश्य रहेको जनाउंदै सहभागी सबैमा धन्यवाद व्यक्त गरे ।
एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी र नेपाल पत्रकार महासंघ अध्यक्ष नरेश खपांगीमगरले पनि शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको उतराद्र्धमा आइपुगेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा बस्ने गुल्मेलीहरुबीचको एकता र सद्भावका साथै मातृ भुमि प्रेमलाई समेत दर्शाएको भन्दै प्रशंसा गरेका थिए ।
त्यसअवसरमा राजदूत सुवेदीले कार्यक्रमका लागि नेपालबाट आएका कलकाारद्धय बैकुण्ठ महत र सुशिला गौतमलाई प्रशंसापत्र वितरण गरेका थिए ।
सोहि अवसरमा फिनल्याण्डबाट आएका गुल्मीन्युज डटकमका संस्थापक, सम्पादक सञ्जु काउछाका साथै नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारीलाई पनि समाजका तर्फबाट संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष राम गलामीले खादा र प्रशंसापत्रले सम्मान गरेका थिए ।

सो अवसरमा लण्डनमा बस्दै आएका गुल्मेली युवा रवि अर्यालको पहिलो उपन्यास थेम्स डायरीको पनि बेलायतमा औपचारिक विमोचन गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन समाजकी प्रवक्ता मञ्जु खरेलले गरेकी थिइन् । कलाकारद्धय बैकुण्ठ महत र सुशिला गौतमको विशेष प्रस्तुतिका साथै विभिन्न स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम समेत त्यसअवसरमा देखाइएको थियो ।
मौसमले समेत साथ दिएकाले ठूलो संख्यामा उपस्थित गुल्मेलीहरु खुला चौरमा बसेर तीज, झ्याउरे, पञ्चे बाजामा रमाएका थिए । भेटघाट रेस्टुरेन्टले खानाको व्यवस्थापन गरेको थियो
हेर्नुहोस लण्डन नेपाल न्यूज़ डट का प्रधान सम्पादक शिब भण्डारी ले तयार पारेको स्थलगत भिडियो :
https://www.facebook.com/londonnepalnews/videos/1741093482675839/
https://www.facebook.com/londonnepalnews/videos/1741187885999732/












