लण्डन । बेलायत प्रवेश गर्न चाहनेले कोरोनाभाइरस परिक्षण गरी अनिवार्य नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने भएको छ ।
बेलायत सरकारका यातायातमन्त्री ग्रयान्ट श्याप्सले जुनसुकै माध्यम प्रयोग गरी बेलायत भित्रिएपनि अनिवार्य रुपमा नेगेटिभ रिपोर्ट देखाउनुपर्ने जानकारी दिए ।
आयरल्यााण्ड बाहेकका अन्य देशका नागरिकहरुले यात्रा गर्नुअघिको ७२ घण्टाभित्रको रिपोर्ट पेश गर्नुपर्ने भएको हो ।
बेलायतमा कोरोनाभाइरस नियन्त्रण बाहिर गएपछि तेस्रो चरणको लकडाउन गरिएको छ । हाल दैनिक ५० हजारको हारहारीमा कोरोनाभाइरस संक्रमितहरु भेटिने गरेका छन् ।






