तान्त्रिकको आदेशमा चार बालिकाको बलात्कारपछि हत्या

काठमाडौं, १८ साउन । भारतको उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले आाफ्नी ‘पागल’ पत्नीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् । आइतबार पक्राउ परेका ती सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।
ती व्यक्तिले विरामी पत्नीलार्इ सन्चो बनाउन एक तान्त्रिकको सहयोग लिएको बयान दिएका छन् । तान्त्रिककै सल्लाह अनुसार आफूले ती बालिकालार्इ बलात्कार गरी हत्या गरेको बयान उनले दिएका हुन् । आरोपी सोनु हालै मथुरामा भएको १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको मामिलाका मूख्या आरोपी लालुआ वाल्मिकीका साथी हुन्।
घटनापछि लालुआ वाल्मिकीलार्इ गत बिहीबार भीडले कुटीकुटी हत्या गरेको थियो । उनीसँगै कुटाइ खाएका सोनु भने गम्भीर घाइते भएका थिए । आगराको एसएन मेडिकल कलेज उनको उपचार भइरहेको छ । प्रहरीले भने तान्त्रिकले भनेकै आधारमा चार बालिकाको बलात्कार नभएको दाबी गरेको छ ।
पाँच वर्षअघि पहिलो बलात्कार
सोनुले पुलिसलार्इ बताए अनुसार सन् २०१० मा उनले पहिलो हत्या गरेका थिए । एक १४ वर्षीया बिहेको निम्ता मान्न साथीको गाउँ गएका बेला त्यहीँबाट उनलार्इ उठाएर सोनुले बलात्कार गरी हत्या गरेका थिए । त्यसको केही दिनपछि उनले फेरि चार वर्षीया बालिकालार्इ बलात्कार गरी हत्या गरे । त्यसको करिब एक वर्षपछि उनले गाउँकै ९ वर्षीया बालिकालार्इ शिकार बनाए । त्यसपछि उनले आफ्ना साथी वाल्मिकीसँग मिलेर १२ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरे । घटना थाहा भएपछि प्रहरीले दुबैलार्इ पक्रेर थानामा ल्यायो । बिहीबार आक्रोशित भीड थानामै पसेर हिरासतबाट दुबैलार्इ निकाले । त्यसपछि गाउँलेले दुबैलार्इ जमेर धुलाइ गरे । कुटाइकै कारण लालुआको घटनास्थलमै ज्यान गयो । सोनु भने गम्भीर घाइते भए ।