गुल्मीकी भावना छात्रातर्फ नेपालकै सर्वोत्कृष्ट :

 

केशब भण्डारी
लण्डन
IMG_1471[1]
 
२०७१ सालको एसएलसीमा पुर्ख्यौली घर गुल्मी भएकी भावना अर्याल छात्रातर्फ नेपालकै प्रथम भएकी छन् । सामुदायिक बिद्यालयमा अध्यायनरत उनी रूपन्देहीको मणिग्राममा रहेको शान्ति नमुना उच्चमाविबाट ९३.८७ % अंक ल्याएर छात्रातर्फ प्रथम र समग्रमा नेपालकै दोस्रो भएकी छन् । 
 
गत शुक्रवार प्रकाशित २०७१ को एसएलसी नतिजामा कुल ४७.४३ % बिद्यार्थी उर्तीण भएकोमा सामुदायिक बिद्यालयबाट जम्मा ३३.१८ % मात्र उर्तीण भएका छन् । सामुदायिक बिद्यालयतर्फ सहभागी परिक्षार्थी मध्ये सर्वोत्कृष्ट नम्वर ल्याएर भावना अर्याल छात्रातर्फ नेपालकै  प्रथम र समग्रमा नेपालकै दोस्रो हुनुले मिहिनेत गरेमा र सरकारी  स्कुलको पठनपाठन राम्रो भएमा एसएलसीमा उत्कृष्ट नम्वर ल्याउन बोडिंग स्कुलमा नै पढ्नु पर्छ भन्ने नभएको पुष्टि भएको छ ।
 
भावनाका पिता माधब अर्यालको जन्मघर गुल्मी धरम्पानी हो । शिक्षक अर्यालले बुटबलको नाम चलेको बोडिंग न्यू होराइजन पढाउ छन् । अाफू बोडिंग स्कुलको शिक्षक भएर पनि छोराछोरीलाई सामुदायिक बिद्यालयमा पढाएर उनले उत्कृष्ट नमूना प्रदर्शन गरेका छन् । सोही सामुदायिक बिद्यालयबाट एसएलसी दिएका भावनाका दाई भुवन अर्यालले पनि ९० % ल्याएर उर्तीण भएका छन्  ।