भविष्यमा डाक्टर बन्ने सपना छ ! एस.एलसी गुल्मी जिल्ला प्रथम आशिष घिमिरे

आशिष घिमिरे 
महेन्द्र उच्च मावि तम्घास गुल्मी ।
९१.७५ प्रतिशत जिल्लामै उत्कृष्ट अंक
Ashis Ghimire१ यसपालीको एस.परिक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल हुनुभयो । कस्तो महसुस भईरहेको छ ?
हजुर म खुसी छु ।
२. के तपाइलाई जिल्ला प्रथम नै हुन्छु भन्ने लागेको थियो ?
म अहिले आश्चर्यमा परेको छु । मैले जिल्लामै उत्कृष्ट हुन्छु भन्ने सोचेकै थिईन । यति नै प्रतिशत आउछ भन्ने आशा चैँ गरेको थिए,तर जिल्लाको प्रथम हुलाँ भन्ने लागेका थिएन ।
३ अव के गर्ने सोचमा हुनुहुन्छ ?
म अहिले पनि काठमान्डौँमा ब्रिजकोर्ष अध्ययन गरीरहेको छु । अव साइन्स बाट बायोलोजी पढ्ने विचारमा छु ।

४ भबिष्यमा के बन्ने सपना छ ?

मैले भविष्यमा एम.विविएस पढेर डाक्टर पढ्ने सपना बोकेको छु । ग्रामिण क्षेत्रमा गएर दुखी गरीव जनताको सेवामा समर्पित हुने इच्छा छ ।
५ . बाल्यकालमा कहाँ कसरी पढ्नुभयो ?
मैले नर्सरी देखी कक्षा ५ सम्म सदरमुकाम तम्घासको अर्जुन बोर्डिङ्गमा पढे,त्यसपछि ६ कक्षामा भर्ना हुन महेन्द्र उच्च माविमा गएको हुँ ।
६. तपाईलाई यहाँ सम्म आईपुग्न कं—कसले सहयोग गर्नुभयो ? कसलाई सम्झन चाहनुहुन्छ ?
मैले यो सफलता चुम्नुमा सर्वप्रथम त मेरो मम्मी,ड्याडीलाई थ्याङ्गक्स भन्न चाहन्छु । अनि मलाई पढाउनुहुने गुरुबर्गहरु पनि धन्यवाद् भन्छु ।

सुजता ज्ञवाली,
रेन्वो इङ्गलिस बोर्डिङ्ग स्कुल बलेटक्सार गुल्मी ।
९१.१२ प्रतिशत

Sujata Gyawai१ यसपालीको एस.एलसी परिक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल हुनुभयो । कस्तो महसुस भईरहेको छ ?
खुसी लागेको छ संगै जिम्मेवारी पनि महसुस भएको छ ।
२. के तपाइलाई छात्रामा जिल्ला प्रथम नै हुन्छु भन्ने लागेको थियो ?
अलि अलि आशा लागेको थियो । महेनत गरेका कारण यो नतिजा आउनेमा विश्वास थियो ।
३ अव के गर्ने सोचमा हुनुहुन्छ ?
अहिले यही नै बन्ने भन्ने कुनै सोच बनाएकी छु ।
४ भबिष्यमा के बन्ने सपना छ ?
अव इन्ट्रान्स दिन्छु र साईन्स पढ्छु त्यसपछि मात्र थाहा हुन्छ ।
५ . बाल्यकालमा कहाँ कसरी पढ्नुभयो ?
मेरो वावा सरकारी विधालयको हेडटिचर हो । मैले कक्षा ३ सम्म सरकारी विधालयमै पढे । त्यसपछि रेन्वो बोर्डिङ्गमा गएकी हुँ ।

६. तपाईलाई यहाँ सम्म आईपुग्न कं—कसले सहयोग गर्नुभयो ? कसलाई सम्झन चाहनुहुन्छ ?

मैले यो सफलता चुम्नुमा सर्वप्रथम त मेरो बावा,मम्मीलाई सम्झन चाहन्छु । अनि मलाई पढाउनुहुने गुरुबर्गहरु पनि धन्यवाद् भन्छु ।

केशर बहादुर थापा

प्रधनाध्यापक

महेन्द्र उच्च मावि तम्घास गुल्मी 

अहिलेको नतिजाले त एकदमै खुसी लागेको छ । तर समग्र प्रतिशतमा कम हुदाँ अलि अलि दुख पनि लागेको छ । एस.एलसीको परिक्षाको संघारमै आएर विधालयको प्राङ्गगणमै गरिएको दोश्रो गुल्मी महोत्सवको प्रभावले जति राम्रो प्रतिशत आउनुपर्ने त्यो आएन । यसपालीको नतिजाका हामी सामुदायिक विधालयतर्फ पश्मिाञ्चलमै पहिलो भएको दावी गर्छु । गुल्मी जिल्लामा र महेन्द्र उमाविको इतिहासमा पहिलो पटक सामुदायिक विधालयले जिल्ला टप भएको खवरले म अत्यन्त हर्षविभोर छु । किनभने हामीले सामुदायिक विधालयको खस्कदो नतिजालाई लिएर पटक पटक प्रश्न खेपीरहेको थियौँ । अव यो नतिजाले अभिभावकलाई पनि सामुदायिक विधालयमा पढाउदा पनि छोराछोरी राम्रो अंकका साथ पास गर्न सक्छन् भन्न सकिन्छ ।

फर्सुराम ज्ञावली

प्रिन्सीपल  रेन्वो सेकेन्डरी बोर्डिङ्ग स्कुल

संस्थाले गरेको महेनतको प्रतिफल राम्रो आउँदा विधालय गौरवान्वित भएको छ । हामी विगतका बर्षहरुको एस.एलसी परिक्षामा पनि लुम्विनी अञ्चलमै दोश्रो नम्वरमा आउन सफल भएका थियौँ । संगै यो बर्षको नतिजाले अझ खुसी छाएको छ । हामीलाई कहिले पनि ग्रामिण क्षेत्रमा छौँ भन्ने महसुस नै भएन । हामी सदरमुकाम र शहरी क्षे्त्रका संस्थागत वा सामुदायिक विधालय भन्दा कम छैनौँ भन्ने लाग्छ । यो गाउँ र शहरको लडाई होइन प्रतिस्पर्धाको जमाना हो । जहाँ भएपनि हामी गुणस्तरीय शिक्षा दिन चाहन्छौँ । त्यो शिक्षा दिएकै कारण आज हामी जिल्लामै संस्थागतमा विधालय तर्फ पहिलो र समग्रमा दोश्रो स्थानमा आउन सफल भयौँ । यो हाम्रा शिक्षक साथीहरुको मेहनत,विधार्थी भाईबहिनीको लगावको कारण सम्भव भएको छ । हामीले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ ।

प्रस्तुती गगनशिला खड्का गुल्मी ।