मुख्यमन्त्री राईविरूद्ध पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड-माधव समूहले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटन गरेसँगै विभाजित भएको नेकपाको असर प्रदेश सभामा पनि पुगेको हो । मुख्यमन्त्री राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

यसअघि शुक्रवार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव समूहका ४५ सांसदले हस्ताक्षर गरेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली निकटका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी अघि बढीरहेका छन् ।