लन्डन।बेलायतको मिडल्याण्ड स्थित साझा नेपाली समाज यूकेको नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुने भएको छ।समाजको आठौं अधिवेशन आगामी जनवरी ५ तारिख सोमबार उल्भरह्याम्टनमा हुने भएको हो।
निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद शर्माले लण्डन नेपाल न्यूज सँग बोल्दै अधिवेशनको सम्पूर्ण तयारी भईसकोको बताए।निर्वाचन समितिका संयोजक शर्माले भने सहमति जुटाउन शीर्ष समितिको बैठक बसेर कार्यसमिति चयनका लागी गहन सहमति भएको बताए।
साझा नेपाली समाजको आगामी नेतृत्वको लागि अध्यक्षमा समाजका वर्तमान उपाध्यक्ष शिव खराल र पूर्व उपाध्यक्ष नारायण फूयालको उम्मेदवारी परे पनि सहमतिमा अध्यक्षमा नारायण फूयाल निर्बिरोध अध्यक्ष चयन हुने सहमति भएको उनले बताए।
अध्यक्ष लगायतका सबै पदमा निर्विरोध भए पनि निर्बाचन समितिले आफ्नो प्रक्रिया पूरागरी ५ जनवरीमा नयॉ कार्यसमितिको नाम घोषणा गरिने माहासचिव शांशक शर्माले लण्डन नेपाल न्यूज लाइ बताए।
साझा नेपाली समाज यूकेका अध्यक्ष दिपक सापकोटा नेतृत्वको कार्यसमितिको दुई वर्षको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको हो। उनले साझा नेपाली समाज यूकेको आगामी अधिवेशनलाई ऐतिहासिक बनाउन तयारी तीव्र गरिएको बताए।






