- शिव भण्डारी
लन्डन । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव आगामी साता लन्डन आउने भएका छन् । अक्टोबर ९ देखि १०सम्म लन्डनमा हुने मानसिक स्वास्थ्यसम्बन्धि मन्त्रीस्तरीय विश्व सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री ७ अक्टोबरमा लन्डन आउने उनका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।
उनको भ्रमण कार्यक्रम मन्त्रिपरिषदले स्वीकृत गरिसकेको उनले बताए । यसैबीच लन्डनस्थित नेपाली दूतावासले आगामी अक्टोबर १० तारिक बुधबार साँझ दूतावासमै एक सेमिनार कार्यक्रम आयोजना गरेको छ ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्षसमेत रहेका यादवले भ्रमणमा बेलायतस्थित पार्टी कार्यक्रममा पनि सहभागिता जनाउने उनको निजी सचिवालयले जनाएको छ । यसअघि दुईपटक उपप्रधानसहित परराष्ट्रमन्त्री भएका यादव संसदको तेस्रो ठूलो दलका नेता हुन् ।






