अमेरिकाबाट फर्किएर ओलीले भने– सरकार ५ वर्ष ढल्दैन, अर्को चुनावपछि थप बलियो भएर आउँछ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्म कायम रहने बताएका छन् । अमेरिका र काेस्टारिकाको भ्रमण पूरा गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुराकानी गर्दै ओलीले सरकार ५ वर्षसम्म चल्ने र त्यसपछि हुने चुनावबाट थप बलियो भएर आउने दाबी गरे ।

आफू नेतृत्वको सरकार बनेपछि केही कामै नभएको जसरी टिकाटिप्पणी भएको प्रति असन्तुष्टि जनाउँदै ओलीले भने, ‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष मान्ने कुरा मात्र हो ।’

यस्तै ओलीले नेता माधव नेपालसँग आफ्नो पुरानो मित्रता रहेको भन्दै पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए ।

नेता नेपालसँग आफ्नो २९ सालदेखि मित्रता रहेको भन्दै ढुक्क हुन उनले आग्रह गरे ।

सो क्रममा ओलीले आफ्नो अमेरिका तथा कोष्टारिका भ्रमण फददारी भएको चर्चा पनि गरे ।