१२ दिने विदेश भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

k|wfgdGqL Go"of{]s k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL ;+o'Qm /fi6« ;ª3sf] 㕍efdf efu lng g]kfnL k|ltlglwd08nsf] g]t[Tj ub}{ cfh ;fFem ;+o'Qm /fHo cd]l/sfsf] Go"of]s{tkm{ k|:yfg ug{'x'b} . t:jL/ gjLg kf}8]n /f;;

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औँ बैठकमा सहभागि भएर विहीबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै प्रम ओली न्युयोर्क प्रस्थान गरेका थिए ।

महासभा बैठकपछि प्रम ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा गएका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्कमै राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधनपछि कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका थिए ।

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागि थिए ।