एनआरएन यूकेले गोर्खा आन्दोलनलाई सघाउने:

लण्डन । अधिकार प्राप्तिका लागि भन्दै निरन्तरको संघर्षमा रहेका भूतपूर्व गोर्खाहरुको आन्दोलनमा एनआरएन यूकेले पनि ऐक्यबद्धता जनाएको छ । यहि क्रममा अर्को साता लण्डनमा सत्याग्रह संघर्ष समितिले गर्ने विरोध प्रदर्शनमा एनआरएन यूकेले पनि सहभागिता जनाउने भएको छ ।NRNA-image

 

यहि अप्रिल ३० तारिख बिहान दश बजे सतयाग्रह समितिले सेन्ट्रल लण्डनस्थित गोर्खा शालिक परिसरमा विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ । सो प्रदर्शनमा ऐक्यबद्धता जनाउंदै एनआरएन यूकेले एक विज्ञप्ती जारी गर्दै सहभागिताका लागि सबैलाई आव्हान समेत गरेको छ ।महासचिव राज कुमार  त्रिपाठीले हस्ताक्षर गरेको विज्ञप्तीमा समानता र न्याय प्राप्तिका लागि भइरहेको गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउन संसारभर रहेका सबै एनआरएनहरु एक ठाउंमा उभिनुपर्ने बेला आएको उल्लेख छ ।आन्दोलनलाई तत्काल तार्किक निश्कर्षमा पुरयाउनका लागि बेलायत सरकारलाई आवश्यक दबाब दिन सबै एकजुट हुन जरुरी छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो विषय नेपालको सार्वभौमिकता र स्वतन्त्रतासंग पनि जोडिएको गम्भीर विषय हो ।’  एनआरएन यूकेले गोर्खाहरुका विषयमा बेलायतसंग गम्भीरतापुर्वक कुटनीतिक छलफल गरिदिन र भूतपूर्व गोर्खाका सबै संघ संंगठनसंग समवय गराउने काम गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

 

gurkha2

त्यस्तै लामो समयदेखिको गोर्खा आन्दोलनसम्बन्धी मुद्धाको छिनोफानो लगाउन यथासक्य छिटो एक संवैधानिक आयोगको गठन गर्न समेत विज्ञप्तीमा माग गरिएको छ ।  हालसालै विभिन्न महत्वाकांक्षी कार्यक्रमहरु सार्वजनिक गरेको एनआरएन यूकेले फरक फरक वर्ग, क्षेत्र र पेशामा आबद्ध एनआरएनहरुलाई समेटन भन्दै पछिल्लोपटक आफनो सक्रियता निकै बढाएको छ ।