सर्वोच्चका पूर्वन्यायाधीश उप्रेतीद्वारा आत्महत्या

काठमाडौं, ११ जेष्ठ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उप्रेतीले रातोपुलस्थित आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार तीन तले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पोसो लगाएर उप्रेतीले आत्महत्या गरेका छन् । घरमा उप्रेतीका पत्नी र एक सहयोगी पनि थिए । उनीहरुले खबर गरेपछि प्रहरी गएको थियो । कमलपोखरी प्रहरीका इन्स्पेक्टर नारायण रन्जितकारका अनुसार उप्रेतीको सुसाइड नोट पनि भेटिएको छ ।
परिवारका सदस्यहरुलाई सम्बोधन गरिएको सुसाइड नोटमा आफ्नो अन्त्येष्टि बाग्मतीमा नगर्न र शव शिक्षण अस्पतालका विद्यार्थीहरुलाई दिन भनेका छन् । साथै सुटाइट नोटमा उनले मृत्युलार्इ स्वेच्छिक भनेका छन् । उप्रेतीले अाफ्नो किरिया खर्चको रकम भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिदिन अग्रह गरेका छन् ।