काठमाडौँ, ११ जेठ । अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक एकेडेमीले प्रदान गर्दै आएका विभिन्न चार विधाका पुरस्कारको यस वर्षको रकम भूकम्पपीडितलाई अर्पण गरिने भएको छ । एकेडेमी सञ्चालक समितिको बैठकले विनाशकारी भूकम्पका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गम्भीर चिन्ता र चासो प्रकट गर्दै छ हजार अमेरिकी डलर राशिका पुरस्कारको रकम थप गरी मानवीय राहतमा जुट्ने निर्णय गरेको हो ।
एकेडेमीले दुई हजार डलर राशिको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार, पाँंच–पाँंच सय डलर राशिका टङ्कप्रसाद–रमादेवी प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।‘यसवर्ष भूकम्पका कारण न्यूनतम मानवीय सुविधाबाट विमुख भएका नागरिकहरुको घाउमा मलहम लगाउने निष्कर्षमा पुगेका छौँ ।’ एकेडेमीका प्रमुख संरक्षक हेमप्रसाद पाठकले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
हेम–सरिता एकेडेमीको पुरस्कार भूकम्पपीडितलाई






