लण्डन । संसारभर छरिएर रहेका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको प्रथम अधिवेशनबाट एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
भर्चुअल माध्यम मार्फ़त भएको अधिवेशनबाट स्पेन निवासी गिरी अध्यक्ष चयन भएका हुन् । अन्तर्राष्ट्रिय बागलुङ समाजको अगुवाको रुपमा भुमिका निभाउँदै आएका गिरीको घर बागलुङको बलेवा हो ।
उपाध्यक्षहरुमा कृष्णप्रसाद शर्मा (युके), बेलुकाजी थापा (जापान), रमेश भट्ट (क़तार), दिपक गौतम (क्यानडा), सुमन बिष्ट (अष्ट्रेलिया) निर्वाचित भएका छन् ।
महासचिबमा देबु पौडेल (बेल्जियम) निर्बाचित भए भने सचिबहरुमा अशोक शर्मा (डेनमार्क), प्रेम सागर पौडेल (कोरिया) दीपेन्द्र आचार्य (पोर्तुगल) चयन भए । कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सह-कोषाध्यक्षमा महेशकुमार खाती (डेनमार्क) निर्विरोध निर्वाचित भए ।
त्यस्तै महादेश संयोजकहरुमा अमेरिका संयोजकमा नवराज पन्त (अमेरिका), युरोप संयोजकमा महेन्द्र खड्का (डेनमार्क), एसिया संयोजकमा बिष्णु चापागाई (मलेशिया) चयन भएका छन् । सदस्यहरुमा चन्द्रकान्त शर्मा, सन्तोष शर्मा, सज्जन हमाल, बमबहादुर जि.सी, ज्ञानु शर्मा, कर्ण बुढाथोकी, गमबहादुर बि.क र बिदुर गौतम चयन भए । सबै देशमा रहेका बागलुङ समाजका अध्यक्ष तथा संयोजकहरु पदेन सदस्य रहने छन् ।
निर्वाचित नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष होमनाथ शर्माले गरेका थिए ।
नेपालमा कोरोराको पहिलो निशाना बाग्लुङ परे पछि धौलागिरि अस्पतालका लागी पिपिई तथा अन्य सामाग्री पठाउने व्वस्थापनले रासस बेलायत प्रतिनिधि तथा हालका कार्य समिति उपाध्यक्ष कृष्ण प्रसाद शर्मालाई समन्वय गरी सहयोग गरि दिन आग्रह गरे पछि उनको पहलमा अस्पताललाई अप्रिल ३०मा अस्पाललाई सामाग्री हस्तान्तर भएको थियो।
त्यहि बेला शर्माले बनाएको त्यो संजालले आज अन्तराष्ट्रिय बाग्लुङ समाजको अधिवेशन भएर नयाँ नेतृत्व आएको हो।हालै बाग्लुङको ढोरपाटनमा गएको बाढी पहिरोमा परि ज्यान गुमाएका र घरबार बिहिनका लागी सहयोगका लागी एकिकृत बस्ति पुनरनिर्माणको लागी बिदेशमा रहेका बाग्लुङबासीहरूबाट एकिकृत रुपमा रकम पठाई बस्ति निर्माणका लागी शर्मालाई संयोजक समेत तोकिएको छ।






