जर्मनीमा लालीगुराँस परिवारले मनायो नयाँबर्ष

जर्मनी, ८ वैशाख । लालीगुराँस परिवारले नयाँबर्ष २०७२ एक भब्य कार्यक्रम सहित सम्पूर्ण नेपाली र जर्मनीहरु को माझ सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्था का बरिस्ठ संरक्षक तथा आयोजक समितिका संयोजक डोरबहादुर गुरुङको सम्योजक्तामा,अध्यक्ष निलम सिंजाली ज्यु को अध्यक्ष्यतामा नेपाल सरकारका जर्मनीको लागी महाबाणिज्य दुत, नेपाल जर्मन मैत्री संघका अध्यक्ष तथा एन आर एन ए ग्लोबलका प्रमुख संरक्षक रामप्रताप थापाको प्रमुख अतिथ्यमा संस्थाका सचिव कृष्णकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । सदस्य युबराज केसी र बहिनी म्युजिका खड्काले सांस्कृतिक कार्यक्रमलाई अति नै मनोरन्जनात्मक तवरले प्रस्तुति दिनु भएको थियो । संस्थाका बरिष्ठ सल्लाहाकार एबम भूपू अध्यक्ष यादव सुब्बाबाट आगन्तुक माननीय पाहुनाहरुलाई स्वागत मन्तब्य तथा नयाँबर्ष २०७२ को शुभकामना सहित लालीगुराँस परिवारको उदेश्य तथा भावी योजनाहरुको बारेमा प्रकाश पार्नु भएको थियो । विभिन्न संघ संस्थाबाट उपस्थित हुनु भएका आदरणीय अध्यक्ष महोदय र प्रतिनिधि ज्युहरु द्वारा पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
हामी आफ्नो जन्मभुमि बाट जति नै टाढा रहेपनि हाम्रो कला र संस्कृतीलाई कहिले पनि भुल्ने छैनौं भन्ने प्रतिबद्दताका साथ अनेकतामा एकता को नारा लाई आत्मासाथ गर्दै उपस्थित सम्पूर्ण नेपालीहरु माझ शुभकामना,सु-स्वास्थ्य,प्रगति र सफलताको कामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रमलाई रोचक र उल्लास्मय बनाउनको लागी सांस्कृतिक बिभागका कोरिओग्राफ़र सावित्री थापाको निर्देशनमा स्थानीय कलाकारहरु एल्जिया, सेल्विया, सोनिया, रक्षा, क्रान्ति, हेमन्ती, चिनु र एलिनाले विभिन्न गीतको बोलमा निर्त्य प्रस्तुत गर्दै हल नै गुन्जयमान गराएका थिए । प्रकाश र सीमाको जोडीले त झन् अझै सुनमा सुगन्ध थपिदिएको थियो । अन्तरास्ट्रिय कलाकार मंच जर्मनीका अध्यक्ष सन्तोसराज गुरुङले डिजेको भूमिका निर्बाह गर्नुभएको थियो । उहाँको आफ्नै गीति प्रस्तुतिले त झन् उपस्थित सम्पूर्ण दर्शकलाई नै नचाएको थियो । साथै छिमेकी शहरबाट पाल्नु भएका कलाकार पनि आफ्नो पारखी कला प्रदशन गर्दै कार्यक्रमलाई सौहाद्रपुर्ण साथ दिनु भएको थियो । लालीगुराँस परिवारका सम्पूर्ण महिलाहरु गुराँसको फूलले सजिएको सारी र पुरुषहरु दौरा सुरुवाल अनि ढाकाटोपीको पहिरनमा उपस्थित हुँदा सिङ्गै कार्यक्रमले नेपालीपन र राष्ट्रियता को झल्को
दिलाएको थियो।जसको ब्यबस्थापनमा सीमा गुरुङले विशेष योगदान दिनु भएको थियो।यस भब्य कार्यक्रमलाई सफल बनाउनको लागी प्रायोजक व्यवसायी मित्रहरु निलम सिंजाली,  नुन थापा र प्रविन अधिकारी, टेक थापा र प्रकाश शर्मा र सोनाम गुरुङ, कोलनले प्रायोजन गरि सहयोग गर्नु भएको थियो । विभिन्न संघ संस्था र व्यक्तिहरु जस्तै एकता समाज मुन्स्टर, सगरमाथा समाज एसेन, किराँत याक्थुन चुम्लुन जर्मनी, अन्तराष्ट्रिय कलाकार समाजलगाएत एनआरएनए जर्मनीका उपाध्यक्ष रणबहादुर साउथ, युबराज केसी, मिम लामा, बसन्त गुरुङ, बिकाश गौतम र कुमार गुरुङद्वारा यस लाली गुराँस परिवारलाई न्यानो आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।
साथै यस कार्यक्रम को निम्ति सरिता आचार्यको अगुवाइमा डोमा, निर्मला, निरु, इश्वरी, राधा, दीपा, जुली, कमला, चम्पा, सावित्री, सीमा, तारा र शान्ती को हातेमालो मा अति नै स्वादिस्ट नेपाली भोजन को व्यवस्था गरिएको थियो। अन्त्यमा संस्थाका अध्यक्ष निलम सिंजालीद्वारा आगन्तुक अतिथीहरुलाई नयाँबर्ष २०७२ को शुभकामना दिदै कार्यक्रमको समापन गरिएको थियो ।