कोरोनाको पीडाकै विच “मेरो माया हेर्देऊ न एकफेरी” बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ  । नेपाली गीतसंगीतको क्षेत्रमा लोकप्रिय गायक शिशिर योगी र रजिना रिमालको स्वर रहेको “मेरो माया हेर्देउ न एकफेरी” बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रेम अंकुरण हुने समयको कथाबस्तु प्रस्तुत गरिएको छ ।
कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुद साईपाल क्रियशनको पहिलो गीतको रुपमा आफ्नै अफिसियल यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो ।
युवा अर्थशास्त्री डा. दधि अधिकारीको शब्द तथा गायक शिशिर योगीको संगीत रहेको गीतको म्युजिक भिडियोमा कलाकारहरु अन्जली अधिकारी र दिकपाल कार्कीको अभिनय रहेको छ। भिडियोलाई युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् भने रिकेश गुरुङले एरेन्ज गरेका छन् । उक्त गित तथा भिडियो अकाउस्टिक स्टुडियोमा तयार गरिएकोे हो ।

हेर्नुहोेस् गीतको म्युजिक भिडियो :

https://www.youtube.com/watch?v=RGmF8My6-JE