दाङ– स्थानीय तहको निर्वाचन प्रभावित गर्ने गरी मतदान केन्द्रमा सर्वसाधारणमाथि प्रहार गरिएको बम बुधबार एक प्रहरी हवलदारले भुइँमा खस्न नदिएर समाते ।
प्रहरी हवल्दार दुर्गा बहादुर रानाले बम भुइँमा खस्न नदिएर क्रिकेटरले जस्तै च्याप्प समातेर बाहिर हुत्ताइदिए ।
दाङ तुल्सीपुरको अम्बास मतदान केन्द्रमा खटिएका प्रहरी हवल्दार रानाले आफ्नो बहादुरी त देखाए नै । उनले बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि वाहवाही कमाएका छन् ।
चुनाव प्रभावित पार्ने गरी बाहिरबाट बुथमा अज्ञात समूहले फालेको बम रानाले भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो । जसले कुनै पनि मानवीय क्षति हुन पाएन ।
केही दिनअघि मात्रै दाङमा नै सशस्त्र प्रहरीका एक हवल्दारले छतबाट खस्दै गरेका बालकलाई भुइँमा खस्न नदिइ समाएर बचाएका थिए ।






