गोर्खाली समाज यूकेले दियो गृह जिल्लाका ४ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

लण्डन । गोरखाली समाज युकेले गोरखा जिल्लामा रहेका चार स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
जिल्लाका खरिवोट स्वास्थ्य चौकी, पालुङ्गटार स्वास्थ्य चौकी, सौरपानी स्वास्थ्य चौकी र श्रीनाथकोेट स्वास्थ्य चौकीलाइ सामग्री प्रदान गरिएको संस्थाका महासचिब अशोक ढकालले जानकारी दिए ।
समाजले लगभग १ लाख ३० हजार बराबरको सामग्री प्रदान गरेको र स्वास्थ्यसंस्थालाइ दिर्घकालिन समय सम्म प्रयोग गर्न सकिने सामग्रीहरु प्रदान गरिएको समेत महासचिब ढकालले बताए ।
स्वास्थ्य चौकीहरुलाई बिपी सेट, स्ट्रेचर, थर्मल गन, स्वास्थ्य सुरक्षा कवज भनिने पिपिइ, स्यानिटाइजर, थर्माेमिटर, मास्क लगायतका सुरक्षात्मक सामग्रीहरु प्रदान गरिएको संस्थाका अध्यक्ष कर्ण दर्लामी मगरले जानकारी दिए ।
विशेष गरी कोभिड–१९ को सन्त्रासका बीचपनि स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु महामारीको कारण पर्याप्त सुरक्षा विना नै काम गर्नुपर्ने अवस्था सिर्जना नहोस भन्नको निम्ती सो सहयोग गरेको संस्थाका उपाध्यक्ष एबं सामाजिक अभियान्ता हेम गुरुङ बताए ।
नेपालमा स्वास्थ्य सामग्री सहयोग कार्यक्रम अनलाइन बैठक गरि औपचारिकता प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष कर्ण बहादुर दर्लामी मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसभापतिहरु क्रमश हेम गुरुङ,हरिभक्त न्यौपाने, टकमाया गुरुङ,कोषाध्यक्ष हिमला गुरुङ, युवा संयोजक राजेन्द्र गुरुङ, सहकोषाध्यक्ष डण्ड थापा मगर र सदस्य राम श्रेष्ठ लगायत समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
गोर्खाली समाज यूके विगत लामो वर्षदेखि बेलायतमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ ।