नवाज शरिफले पाकिस्तानका प्रधानमन्त्री पद गुमाएलगत्तै आफ्ना भाइ शाहबाज शरिफलाई नयाँ प्रधानमन्त्री बनाउने कुरा गरेका थिए । तर अब नवाज शरिफले यसबाट पछि हट्ने निर्णय गरेका छन् ।
शहबाज शरिफ अहिले पंजाब सूबेका मुख्यमन्त्री हुन् र पाकिस्तान सर्वोच्च अदालतले पनामा पेपर्समा नाम आएपछि नवाज शरिफलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरेको छ । त्यसपछि उनका भाइ शाहबाजलाई प्रधानमन्त्री बनाइने बारे विभिन्न अड्कलबाजी गरिएको थियो ।
शरिफको पार्टी पीएमएल–एनको संसदीय दलको बैठकमा प्रधानमन्त्री पदका लागि शाहबाजको नामले मंजुरी पाएको थियो । तर शाहबाज नेशनल एसेम्बलीका सदस्य थिएनन र उनी नेशनल एसेम्बलीमा समावेश हुञ्जेल यो जिम्मेवारी शाहिद खकान अब्बासीलाई सुम्पिइएको थियो ।
तर नवाज शरिफले पछिल्लो सोमबार पत्रकारसँगको कुराकानीमा शाहबाज अहिले पंजाबमा नै हुने र नवाज शरिफको सिट एनए १२० मा हुन लागेको उपचुनावमा भाग नलिने बताएका थिए ।
यस्तोमा यो प्रश्न उठ्छ कि आखिर किन पाकिस्तानी सत्ताधारी पार्टीको निर्णयमा यति ठूलो परिवर्तन आयो ।
पंजाबको विकास एक ठूलो मुद्दाः
शाहबाज शरिफलाई शाहबाज स्पिडको नामले पनि चिनिन्छ । र पंजाबका मुख्यमन्त्रीलाई यो नाम एक चीनियाँ नागरिकले दिएका छन् जो पंजाबमा चलिरहेको विकास परियोजनामा कामको गतिले प्रभावित थिए ।
पंजाबका मुख्यमन्त्री शाहबाजलाई आफ्नो यो नाम निकै मनपर्छ ।
पछिल्ला केही दिनमा पार्टी नेतृत्वमा यदि शाहबाजलाई पंजाबबाट टाढा गरियो भने विकास परियोजना प्रभावित हुनेछ भन्ने कुरा गरिएको छ ।
र यी परियोजना अर्को चुनावभन्दा अघि पूरा हुनेछैन जसका कारण पार्टीले नोक्सानी व्यवहोर्नु पर्नेछ ।
शरिफ परिवारमा जारी कुर्सी दौडः
पाकिस्तानका सबैभन्दा ठूलो सूबे पंजाबको सत्ता शरिफ परिवारको हातमा छ । सत्ता यदि शरिफ परिवारको सदस्यको हातमा छैन भने उनका कुनै उम्मेद्वारको हातमा रहेको छ ।
लिगसँग जोडिएको सूत्रका अनुसार नवाज र शाहबाज महत्वपूर्ण राजनीतिक मुद्दामा भिन्न देखिएका घटना बिरलै छन् तर पंजाबका मुख्यमन्त्री उम्मेद्वारको चयनमा यस्तो थुप्रै पटक देखिएको छ ।
नवाज शरिफकी छोरी आफ्ना एक विशेषलाई मुख्यमन्त्री बनाउन चाहन्थिन् भन्ने कुरा बाहिरिएको थियो । यस्तै, शाहबाजका छोरा हमजालाई कोही अरु नै मनपर्दथ्यो ।
र शरिफ परिवारको यी दुबै क्याम्प आ–आफ्नो उम्मेद्वारका लागि कोसिस सुरु गरिसकेका थिए ।
सन् २०१८ को चुनावः
पंजाबमा चुनाव जित्ने पार्टीले नै पाकिस्तानको सत्ता सम्हाल्नेछ । यस्तोमा पंजाबको चुनाव नै शाहबाज र प्रधानमन्त्री पदका बिच बाधा बनेर उभिएको छ ।
नवाज शरिफको सत्ता हातबाट फुस्किने बित्तिकै शाहबाज शरिफको नाम उत्तराधिकारीको रुपमा घोषित गरियो । र यो प्रस्ताव सर्वसम्मतिले पारित भयो । तर जब प्रस्तावको समर्थन गर्नेहरुको आवाज समाप्त भयो तब पार्टीका नेताले नवाज शरिफको यो राजनीतिक समिकरणलाई दोस्रो पाटोसँग पनि अवगत गराए ।
र त्यो दोस्रो पाटो थियो चुनावपूर्व पीएमएल–एनलाई तोड्ने आशंका । पार्टी नेताका अनुसार बलिया नेतालाई अन्य दलमा समावेश हुने प्रलोभन दिइनेछ । र पार्टीको संगठनको दृष्टिकोणले पनि कमजोर गर्ने कोसिस हुने आशंका जताइयो ।
पार्टीका वरिष्ठ नेताका अनुसार यस्तो स्थितीसँग जुघ्नका लागि शाहबाजभन्दा उत्कृष्ट अरु कोही हुन सक्दैन । आखिर १० महिनाको प्रधानमन्त्री पदका लागि पंजाबलाई गुमाउनु कस्तो राजनीतिक समझदारी हो ?






