लन्डन ।
नेपाली जनसम्पर्क समिति बेलायतले सकृय सदस्यता वितरण गर्ने भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतको आइतवार लन्डनमा सम्पन्न बैठकले नेपाली कांग्रेसको सकृय सदस्यता नविकरण र नयां सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।
अगामि भाद्र महिनको अन्तिम साता हुने नेपाली कांग्रेसको १घ् औं महाअधिवेशन भाग लिन चाहाने नेपाली कांग्रेस आबद्ध सबैलाई सदस्यता खुल्ला गरिएको समितिले जनाएको छ ।
समितिका सभापति लोक गुरुगंको सभापतित्वमा सम्पन्न बैठकले सदस्यता वितरण समिति समेत गठन गरेको छ । समितिमा संयोजक लोक गुरुगं, सहसँयोजक, चेतनाथ खनाल, सदस्यहरुमा विश्वआर्दश पण्डित, बेद लावती, शिवजी श्रेष्ठ, डा मिन रानाभाट, हितकाजी गुरुगं, तर्कजंग गुरुगं, कोपीला सुब्बा, नारायण आचार्य, तस्वीर लामा, ध्रुव ढकाल, शैलेन्द्रकाजी श्रेष्ठ, राजेन्द्र सुवेदी, विजन भट्ट, केश बहादुर गुरुगं, कुमारी गुरुगं, महेश दाहाल, राज कुमार पाठक, युवराज सिहं, प्रवेश के. सी, कुशल घिमिरे, गणेश दाहल, कृष्ण गुरुगं, नगेन्द्र श्रेष्ठ, सुर्य तामांग छन् ।
नेपाली कांग्रेसको केन्द्रीय महाअधिवेशनमा भाग लिन सकृय सदस्यता अनिवार्य लिनु पर्ने बैधानिक ब्यवस्था छ ।






