बेलायत जनसम्पर्क समितिले सक्रिय सदस्यता वितरण गर्ने तयारी :

लण्डन ।

नेपाली जनसम्पर्क समिति बेलायतको कार्यसमितिको बैठक गत शनिबार सम्पन्न भयो । वरिष्ठ उपसभापति विकास देवकोटाको सभापतित्वमा सम्पन्न उक्त बैठकले जनसम्पर्क समितिका सभापति चेतनाथ खनालले नेपाली कांगे्रस केन्द्रीय कार्यालयबाट प्राप्त दुई हजार पाँच सय सक्रिय सदस्यता फर्म बुझ्न बेलायतको जनसम्पर्क समिति लाई उपलब्ध गराएकोमा धन्यवाद प्रस्ताव पास ग¥यो ।

Congress flag
साथै, उक्त बैठकले सक्रिय सदस्यता वितरण गर्नको लागि सभापति खनालको संयोजकत्वमा सहसंयोजक लोक गुरुङ र सहसंयोजक विकास देवकोटालाई चयन गरेको छ । साथै समितिले सबै क्षेत्रीय अध्यक्षलाई किरण राई, हितराज गुरुङ, भोजप्रसाद गुरुङ, सुर्य नेमांग , नारायण आचार्य, नवराज न्यौपानलाई समितिको सदस्यमा सक्रिय सदस्यता वितरण गर्न र क्षेत्रीय अधिवेशन गर्नसमेत निर्देशअनुसार अधिकार प्रत्योजन गरेको छ ।
साथै गत शनिबारै बसेको बैठकले संस्था बाहिर रहेका साथीहरुलाई समेत मूलधारमा ल्याउन उपसभापति विकास देवकोटा, उपसभापति राजकुमार शाक्य र महामन्त्री युवराज सिंहको तीन सदस्य समितिलाई अधिकार प्रायोजन गरेको छ ।
केन्द्रीय समितिले सक्रिय सदस्यता वैशाख १५ सम्ममा दिएको म्यादलाई एक महिना थप गर्न पत्राचार गरेको महामन्त्री युवराज सिंहले बताए