सृजनशील नेपाली समाज यूकेले रुकुम घटनाका पीडितलाई दियो ३ लाख

लन्डन। बेलायतस्थित सृजनशील नेपाली समाज यूकेले रुकुम हिंसात्मक घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारवाही गर्न माग गर्दै पिडित लाई ३ लाख सहयोग गरेको छ ।

रुकुम पश्चिम चौरजहारी सोती घटनाका पीडित परिवारलाई सृजनशील नेपाली समाज यूकेले आर्थिक सहयोग गरेको छ । संस्थाले घोषणा गरे अनुसार प्रतिव्यक्ति ५० हजारका दरले तीन लाख सहयोग गरको हो ।

सो रकम भेरी नगरपालिका प्रमुख सीपी घर्ती मगरको अगुवाई सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । पीडित परिवारले सहयोग गर्ने सृजनशील नेपाली समाज यूकेका संस्थापक शेर सुनार,अध्यक्ष भक्त बहादुर दर्जी लगायतलाई आभार प्रकट गरेका छन् ।

जेठ १० गते रुकुम पश्चिममा घटेको घटनामा दुःख व्यक्त गर्दै संविधान र कानून अनुरुप दोषीलाई चाँडो भन्दा चाँडो कारबाीह गर्न समेत संस्थाले माग गरेको छ । घटनामा ६ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।