फेवा एफसीलाई चार प्रायोजकको साथ नयाँ जर्सीमा मैदानमा उत्रने

तक्दीर अधिकारी
सिड्नी । फेवा (एफसी) फुटबल क्लबलाई चारवटा नयाँ व्यवसायिक संस्थाले प्रायोजन गर्ने भएका छन् । सामाजिक दूरी कायम गर्दै रकडेलको थर्डआइ बार फङ्सन सेन्टरमा सोमबार चारवटा व्यवसायी संस्था र क्लबबीच सम्झौता भयो । फेवा एफसीलाई ग्रेस इन्टरनेशनल एजुकेशन माइग्रेसनले मुख्य प्रायोजन गर्नेछ भने एक्टिभ मोर्गेज, डिलाइटेट टुर्स एन्ड ट्राभल्स र एभरेष्ट कम्युनिकेशनले सहप्रायोजन गर्ने सम्झौता भयो ।

क्लबका संरक्षक ध्रुव गुरुङले प्रत्येक ब्यक्ती सँग भएको प्रतिभा लाई समेटेरा अगाडि बढन सके उदेश्य हासिल गर्न सकिने भन्दै सबैजना लाई एक जुट हुन आह्वान गरे।  संरक्षक  गुरुङका अनुसार छ वर्षअघि स्थापना भएको फेवा एफसी नयाँ कलरको जर्सीका साथ मैदानमा उत्रने छ । सम्झौतामा कार्यक्रममा नयाँ खेलाडीको परिचयसमेत गराइएको थियो ।

मुख्य प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन माइग्रेसनका निर्देशक आयुषउद्दिन पोखरेलले विभिन्न संघसंस्थाले गरेको काममा सहयोग गर्दै आएको बताए । विशेष गरी युवाहरुले सञ्चालन गरेको कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले महत्व दिने गरेको उनले बताए  ‘ग्रेस इन्टरनेशनलले गर्ने प्रायोजन यो पहिलो र अन्तिम होइन भन्दै निर्देशक पोखरेलले भने, ‘फेवा एफसीलाई प्रायोजन गर्न पाएकोमा खुशी लागेको छ, फेवा एफसीलाई ग्रेस इन्टरनेशनलको साथ छ ।’

 डिलाइटेट टुर्स एन्ड ट्राभल्सका निर्देशक आशिसजंग थापाले एफसी फेवाको उत्तरोत्तर प्रगतिको कामना गर्दै लामो समयसम्म साथ दिने बताए ।

पोखरा समाजका महासचिव समित केसीले खेलकुदको माध्यमबाट पोखराको नामलाई उच्च बनाउनका लागि योगदान दिएकोमा फेवा एफसीका संस्थाक ध्रुव गुरुङलाई धन्यवाद दिए । फेवा एफसीप्रति अपनत्व आभास भएको छ भन्दै महासचिव केसीले भने, ‘पोखरा समाज फेवा एफसीसँग हातेमालो गरेर अघि बढ्ने छ । फेवा एफसीले सम्झेको खण्डमा पोखरा समाजको सधैं साथ र सहयोग रहने महासचिव केसीले बताए । खेलकुदलाई अघि बढाउन पोखरा समाजले कसरी अघि बढ्न सक्छ त्यसबारे छलफल चलाउनुपर्ने उनले बताए ।

एभरेष्ट कम्युनिकेशनका सञ्चालक युवराज भट्टराईले युवाहरुले सञ्चालन गरेको कार्यक्रमलाई कम्युनिकेशनले साथ दिँदै आएको बताए । उनले भने, ‘कसैले नयाँ कार्यक्रम गर्छ, त्यसबाट प्राप्त पैसा समुदायमै खर्च गर्न चाहन्छ भने एभरेष्ट कम्युनिकेशन त्यस्ता कार्यक्रमका सधैं ढोका खुला राखेको छ ।’सञ्चालक भट्टराईले भने, खेलकुदमा लाग्दा समय सदुपयोग र स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले खेलका विभिन्न कार्यक्रम प्रायोजन गर्न हामी सधैं तयार छौं ।’

फेवा एफसीका क्याप्टेन दिपेन गुरुङले नयाँ प्रायोजकसँग आबद्ध हुन पाउँदा खुशी लागेको बताए । क्लबका लागि प्रायोजक महत्वपूर्ण हुने बताउँदै उनले एफसी फेवामा विभिन्न नेपाली समुदायले साथ दिँदा आफूहरुलाई हौसला बढेको बताए ।

क्लबका संरक्षक ध्रुव गुरुङले  सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष बुद्धजंग गुरुङ, सचिव सुवास गुरुङ, कोषाध्यक्ष विश्वास गुरुङ, म्यानेजर अविशेक गुरुङ, क्लबका पूर्व कप्तान विकल शेरचन, सिनियर खेलाडी मिलन घले, पूर्वअध्यक्ष तथा प्रशिक्षक श्री गुरुङ, क्लबका जनसम्पर्क अधिकृत कृष्ण गुरुङ लगायतको सहभागी थियो ।

नेपाली समुदायमा खेलाइने यस्ता खेलकुदहरु लामो समय देखी खेलाए पनि यस्ले ब्यवासायिक रुप लिन सकेको छैन। नेपाली संघसस्था र एनआरएनए को यस् तर्फ ध्यान जान जरुरी छ।