लन्डन – बेलायतस्थित एकजना बुद्धिजीवी तथा मानव अधिकारकर्मी डा. मित्र परियारले एनआरएनए युकेको सल्लाहकार पदबाट राजिनामा दिएका छन्।
सोमबार एक विज्ञप्ति प्रकाशित गरी परियारले हालै पश्चिम रुकुममा भएको हिंसाबारे आफुले एनआरएनए युकेको सल्लाहकार समूहमा जिज्ञासा राखेको जनाए। आफुले एउटा वक्तव्य निकाल्न सुझाव दिएको तर आफ्नो सुनुवाई न भएकाले आफुले सल्लाहकार पदबाट राजिनामा दिएको उनले बताएका छन् ।
हेर्नोस् डा. परियारको विज्ञप्ति:
आदरणीय अध्यक्षजी,
हजूरहरूलाई थाहै छ म एक एकाडमिक र एक्टिभिस्ट हुँ। म छुवाछुत बिरोधी अभियानमा लागिसकेको छु। देश र समाजकै बदनामी गर्ने बर्बर पश्चिम रुकुम हिंसा र अत्याचारबारे मैले यस सम्मानित समूहमा जिज्ञासा राख्दै आएँ। पटक पटक घच्घचाएँ र एक वक्तव्य निकाल्ने सुझाव पनि दिएँ। तर एकाध बाहेक ग्रुपमा अनौपचारिक रुपमा दुःख समेत प्रकट गरेको भेटिन।
यसबाट सायद एनआरएनए नेपाल र नेपालीको लागि होइन रहेनछ भन्ने गहिरो महशुस भयो। एक छुवाछुत बिरोधी अभियन्ताको नाताले र सल्लाहकार समूहमा मेरो कुनै डिग्निटी नरहेकाले आजैका मितिदेखि पदबाट राजिनामा गरेको घोषणा गर्दछु।
डा. मित्र परियार
रिसर्च फेलो, किंग्सटन युनिभर्सिटी
रिसर्च एसोसियट, अक्सफोर्ड युनिभर्सिटी






