तक्दीर अधिकारी सिड्नी । पोखरा समाज अष्ट्रेलियाले कोभिड–१९ को महामारीमा जन्मभुमि नेपालप्रतिको उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेश अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यक्ष सहयोग सहभागिता जनाउने भएको छ ।
प्रवासी नेपाली समुदायको तर्फबाट जन्मभुमिमा पहिलो प्रत्यक्ष सहयोग गर्ने घोषणा गरेको समाजले Kn 95 with Filter Respirator Doctor mask चार सय थान र Disposable paper mask चार सय थान गरि पहिलो चरणमा जम्मा ८०० थान mask चिकित्सकको प्रयोगका निम्ति हस्तान्तरण गर्ने निर्णय गरेको छ। त्यस्तै गरि अस्पताल हाताभित्र विशेष सरसफाइ सतर्कताका निम्ति सार्वजनिक प्रयोजनका लागी आधुनिक Foot Operating Hand Washing Station हस्तान्तरण गर्ने भएको छ। यसैगरी अस्पताल हाताभित्र कोरोना प्रमाणित भै उपचाररत बिरामीलाई पौस्टिक तत्वयुक्त आहारको लागि दैनिकी फलफुल बितरण गरिने भएको छ।
समाजले स्थानीय स्तरमा कार्यक्रमलाई ब्यवस्थित गर्न र निरन्तरता दिनको लागि श्री सत्य युवा क्लब (B-13) सँग सहयोग समन्वय गर्ने निर्णय गरेको छ। यसैगरी आर्थिक ब्यवस्थापन र परिचालनसहित समन्वय का लागि सस्थाका कोषाध्यक्ष ईश्वर पहारी र सदस्य प्रकाशमणि लामिछानेलाई जिम्मेवारी दिइएको छ।
समाजले परिस्थितिअनुसार कार्यक्रमलाई निरन्तरता र आवश्यक अनुरूप परिमार्जित गर्दै जाने जानकारी सहित समाजका महासचिव समित केसीले जन्मभुमि र प्रवासी नेपाली समुदाय अन्तरास्ट्रिय नेपाली विद्यार्थी का दुख अप्ठ्यारा प्रती पोखरा समाज अष्ट्रेलिया जिम्मेवारीपूर्वक उपस्थित हुने बताए ।
यसैगरी सस्थाका अध्यक्ष राजकुमार अधिकारीले यो महामारीका बेला समाजले चलायको यो पबित्र अभियानमा सहभागी सबैमा धन्यवादसहित अभियानको सफलता का लागि सस्थाका पदाधिकारी सल्लाहकार लगायत सबैमा सहयोग का निम्ति अनुरोध गरेका छन् ।
बैठकमा पोखरा समाजका अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष राजेश केसी, महासचिव समित केसी कोषाध्यक्ष ईश्वर पहारी, निवर्तमान अध्यक्ष धु्रव गुरुङ, सदस्यहरु विजेन बटाजु, बुद्ध गुरुङ, कविराज पौडेल, अर्जुन न्यौपाने, सल्लाहकार विष्णु हमाल, दिपक पहारी, दिनेश पहारीलगायतका उपस्थिति थियो ।






