६ वर्षीया बालिकाको पेटमा रहेको ट्युमरको ६ घन्टा लगाएर सफल शल्यक्रिया

काठमाडौं, Dec 15 2014 काठमाडौंको बसुन्धरास्थित इशान बाल अस्पतालले ६ वर्षीया बालिका मनीषाकुमारी यादवको प्यान्क्रियाटिक ट्युमरको सफल शल्यक्रिया गरेको छ । सिरहाकी मनीषाको पेटमा रहेको १० बाइ १० सेन्टिमिटरको प्यान्क्रियाटिक ट्युमरको जटिल शल्यक्रिया वरिष्ठ बालशल्य चिकित्सक डा. रामनन्दन प्रसाद चौधरी, ग्यास्ट्रो सर्जन डा. राकेशकुमार साहलगायतको टोलीले ६ घन्टा लगाएर गरेको हो । शल्यक्रिया गरेपछि मनीषाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।