काठमाडौँ, २७ चैत । राप्रपा नेपालले व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ । पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टी पदाधिकारी तथा सभासद्सहित गएको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री कोइरालालाई एक ज्ञापनपत्र बुझाउँदै पुस÷माघमा बोलाउनु पर्ने व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन चैत सकिन लाग्दा पनि नबोलाइएको भन्दै ध्यानाकर्षण गराएको हो ।
उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले सरकारमा सहभागी अन्य राजनीतिक दलसँग परामर्श गरेर चाँडोभन्दा चाँडो हिउँदे अधिवेशन बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको राप्रपा नेपालका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
हिउँदे अधिवेशन बोलाउन माग






