एनआरएन यूकेले निर्माण गरेको वृद्धाआश्रम उद्घाटन

म्याग्दी, २७ चैत । गैरआवासीय नेपालको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो । नवर्निमित भवनको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उपप्रधानमन्त्री प्रकाशमान सिंहले शुक्रवार संयुक्त रुपमा उद्धघाटन गरे ।
मन्त्री सिंहले अधिकतम सहमति पहिलो प्राथमिकता र त्यसो हुन नसके प्रक्रियाबाटै भए पनि संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ । उहाँले पहिलो संविधानसभाले पूरा गर्न नसकेको काम दोस्रो संविधानसभाले पूरा गर्ने बताउनुभयो ।
साथै उहाँले संविधान जारी भएपछि सबैको ध्यान आर्थिक विकासतर्फ केन्द्रित हुने उल्लेख गर्दै राजनीतिक अस्थिरताका कारण देशले विकास–निर्माणमा गति लिन नसकेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले जनताको अधिकार स्थापित गर्न सबै राजनीतिक दल एकजुट हुनुको विकल्प नभएको पनि स्पष्ट गर्नुभयो ।
संविधानसभामा सहभागी भएका दलसमेत सडक आन्दोलनमा लागेका कारण जनता अलमलमा परेको बताउँदै उहाँले जनतालाई शान्ति र संविधान आवश्यक परेको दोहो¥याउनुभयोे । गैर आवासीय नेपाली सङ्घ बेलायतले रु ८० लाख लागतमा निर्माण गरेको हो । कार्यक्रममा सङ्घका अध्यक्ष शेष घलेले मातृभूमिका विकासका निम्ति सक्दो सहयोग गर्न सङ्घ प्रतिबद्ध रहेको बताउनुभयो ।