काठमाडौँ । विश्वका ४५ मुलुकमा कोरोनाभाइरसबाट ४६ हजार ५ सय ७८ जना गैरआवासीय नेपालीहरु संक्रमित भएका छन् ।
जसमध्ये ९१ प्रतिशत अर्थात हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनएले जनाएको छ ।त्यसैगरी महामारी शुरु भएदेखि १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले मृत्यु भएको पनि समितिले जनाएको छ ।
समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ ।
भारतमा मृत्यु भएका ४० जना मध्ये १० जना महिला रहेका छन् । यो हप्ता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।






