स्वास्थ्य सामग्री प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन देउवाले जारी गरे विज्ञप्ति

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली  कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
।शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले त्यस्तो आग्रह गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन । यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।”

देउवाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै: