प्रहरी महानिरीक्षक अर्याल लन्डनमा

12212105_10205873588867726_63468671_n[1]
लण्डन हिथ्रो एअरपोर्टमा स्वागत गर्दै पुर्व डिएसपी बाचस्पती रेग्मी र पुर्ब डि एसपी शीबजी ऋेष्ठ :
लन्डन- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लन्डन आउनुभएको छ ।प्रहरीसम्बन्धी निरीक्षण निकाय‘एचएमआइसी’को निमन्त्रणामा फागुन ३० गतेदेखि चैत ६ गतेसम्म बेलायत प्रहरीको अनुभव आदानप्रदानका साथै व्यावसायिक अध्ययन भ्रमणमा सहभागी हुन उहाँ लन्डन आउनुभएको हो ।

प्रहरी महानिरीक्षक अर्यालको साथमा प्रहरी प्रधानकार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण निर्देशनालयका प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठ रहनुभएको छ ।

भ्रमणका अवसरमा बेलायतको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी)बाट नेपाल प्रहरीलाई आधुनिकीकरण र सुधार परियोजनाका लागि प्राप्त भइरहेको सहयोगको प्रगति समीक्षा तथा थप सहयोगलगायत विषयमा छलफल हुनेछ ।

त्यसैगरी महानिरीक्षक अर्यालले बेलायतको सङ्घीय प्रणालीमा त्यहाँको प्रहरीले केन्द्रमा रही अन्य प्रहरी निकायबीच गर्ने नियन्त्रण, अनुगमन र सुपरीवेक्षणको जानकारी र नेपाल प्रहरीमा त्यसको सम्भाव्यता अध्ययन तथा छलफल गर्नुहुनेछ ।

भ्रमणका क्रममा प्रहरी महानिरीक्षक अर्यालसमेतको टोलीले बेलायतका डिएफआइडी राज्यमन्त्री डेस्मण्ड स्वाएन, प्रहरी तथा अपराध सम्बन्धित उपमेयर स्टेफेन ग्रिनहाल्ग, महानगरीय प्रहरीका आयुक्त सर बरनार्ड होगान होयलगायतका पदाधिकारीसँग भेटघाट, छलफल तथा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।