लिस्बन (पोर्चुगल), पोर्चुगलमा एक नेपालीको निधन भएको छ । नेपालको चितवन घर भई हाल पोर्चुगलको कास्काइसमा बस्दै आएका प्रकाश गुरुङको मृत्यु भएको हो ।
उनको ब्रेन टियूमर कारण उपचारको क्रममा अप्रिल २ मा निधन भएको जन सम्पर्क समिती पोर्चुगल लगायत पोर्चुगलमा रहेका बिभिन्न सघं संस्थाले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । गरुङ परिबारका साथ कास्काइसमा व्यवसाय गर्दै आएका थिए ।






