तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसियानाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘आईओएम जेनेरेशन इक्वालिटी’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ग-यो । कार्यक्रममा परिवारविरुद्ध हुने हिंसा अन्त्य तथा इज फर इक्वाल ब्यानरमा हस्ताक्षर गरियो ।
एनआरएनए ओसियाना महिला संयोजक जानकी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अन्तक्र्रिया कार्यक्रममा एनआरएनए ओसियाना संयोजक होम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उनले कार्यक्रमको सान्दिर्भकताबारे स्पष्ट पारेका थिए । कार्यक्रममा बसन्धुरा भट्टराईले घरेलु हिसामा महिलाको अवस्थाबारे प्रिजेन्टेसन गरेकी थिइन् ।
कार्यक्रमका अध्यक्ष जानकी पौडेलले महिला हिंसा र गैरआवासीय नेपाली संघको संरचना र अन्तर्राष्ट्रिय महिला दिवसको टाइमलाइनबारे बताइएकी थिइन् । कार्यक्रम सफल बनाउनमा सहभागी सबैको ठुलो हात रहेको बताउदै सहभागी लाई धन्यवाद समेत दिइन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले महिला हिंसाविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिए । नेपाली दूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाले महिलाहरुले अझै धेरै काम गर्न बाँकी रहेको बताइन । समुदायमा पछाडि परेका महिलालाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो । ओसियानामा रहेका महिलाहरुले गरेको कामको प्रशंसा गर्दै उपनियोग प्रमुख सापकोटाले भनिन, यो अभियानमा नेपाली दूतावास सहयोग गर्न तत्पर छ ।
कार्यक्रममा बिशेष समय निकालेर सहभागी सँग प्रश्न उत्तर सेसन राखिएको थियो ।स्थानीय क्षेत्र प्रहरी डिर्पाटमेन्टबाट जेम्स डिक्सनले अस्ट्रेलियाको समाजमा कस्ता अपराध हुन्छन्, कुन समुदायमा धेरै अपराधिक घटना घट्छन्, ती समुदायले त्यस्ता घटना कसरी सामना गर्छन् भन्ने बारे बोलेका थिए । उनले ग्रान्डभिल क्षेत्रको तथ्यांकसमेत प्रस्तुत गरेका थिए । उनले आफ्ना अगाडि त्यस्ता घटना भए कसरी रिर्पोट गर्ने, आज सुनेको समाचार आफ्ना वरपरीकालाई कसरी भन्न सकिन्छ भन्नेबारे सुझाएका थिए ।बहु सास्कृतिक प्रहरी रचना ले एसियन मुलका नागरिकहरुले घरेलु हिंसालाई चिने पनि रिपोर्ट गर्न भने हिचकिचाउछन, तर सहदै गर्दा भोली नराम्रो घटना हुन सक्ने भएका ले समय मै यसलाई चिनेर, प्रहरी लाई रिपोर्ट गर्नु पर्ने बताइन ग्रान्डभिलकी सांसद जुलिया फिन, काउन्सिलर लिसा लेक, नालिका ले , कुन समुदायलाई कसरी सहयोग गर्नेबारे बोलेका थिए । प्रश्न उत्तर सेसनमा तमु समाजका हिउपति गुरुङले छुटाछुटै समूह बनाएर सहयोग गर्न सकिन्छ कि भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा नेपाली दूतावास तृतीय सचिव यादव कोइराला, जनरल कन्सुलेट दिपक खड्का, गैरआवासीय नेपाली संघ अष्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल,न्यू साउथ वेल्स राज्य परिषद् सहसचिव तीर्थराज कार्की, ओसेनियाका भू पू संयोजक, धर्म राज अधिकारी, एन यस डब्लु का भू पू संयोजक दिनेश जोशी, महिला फोरमकि सयोजक, संध्या शाह, समाज सेबी पूर्ण घिमिरेलगायतको उपस्थिति थियो ।कार्यक्रमको अन्त्यमा घरेलु हिंसामा परेका एक बच्चा अस्ट्रेलियामै जन्मेका तर बाबुले हेर्न नचाहेको ती बालकलाई सहयोग उपलब्ध गरिएको सार्वजनिक गरिएको थियो ।








