यस्तो छ– अस्ट्रेलियामा कोरोना संक्रमित भनिएका नेपालीको वास्ताविकता

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित भएका भनिएका एक नेपाली गत फ्रेब्रुअरी २२ मा काठमाडौंबाट अस्ट्रेलियाका लागि उडेका थिए । काठमाडौं–सिंगापुर–ताजमानिया उनको उडान थियो । काठमाडौंबाट उडेका उनी १८ घन्टा सिंगापुरको ट्रान्जिटमा बसेका थिए । १८ घन्टा ट्रान्जिट परेपछि उनी घुम्नका लागि सिंगापुर निस्केका थिए ।

उनी नेपालबाट फर्किएका हुन् भन्ने कुरा रुम पार्टनरबाहेक अरु साथीभाइ सर्कलमा कसैलाई थाहा थिएन । ऊ नेपालबाट फर्किएका हुन् र एयरपोर्टको अध्यागमनले दिएको निर्देशन उनले सार्वजनिक गरेको भए यो घटना यसरी बाहिर आउँदैन थियो ।

उनी गत आइतबारदेखि नै काममा आइसकेका थिए । त्यसबेला नै उनी विरामी देखिन्थे । साथीभाइले उनलाई कारोनाको यस्तो प्रकोप छ, तपाईंलाई फ्लुको सिन्टम देखिएको रहेछ, किन काममा आइरहेको भनियो । होइन, सामान्य रुघाखोकी हो, औषधि खाँदैछु ठीक भइहाल्छ नि भनेर उनले साथीभाइको आग्रह टारेका थिए ।

उनी नेपालबाट फर्किएको गत शुक्रबार १४ दिन पुगेछ । एयरपोर्टमा नै उसलाई तपाईंको स्वास्थ्य ठीक छैन, ज्वारो आइरहेको देखिन्छ, घर बाहिर ननिस्कनु, योभन्दा बढी समस्या आयो भने हामीलाई तुरुन्त सम्पर्क गर्नु नत्र १४ औं दिनमा अनिवार्य सम्पर्क गर्नु भनिएको रहेछ ।

१४ औं दिन पुगेपछि उनले हर्टलाइनमा फोन गरेछन् । सम्पूर्ण विवरण भनेपछि उसलाई अस्पताल बोलाइयो । अस्पतालले उनको स्वास्थ्य जाँच ग¥यो । तपाईको रिर्पोट आउन २४ घन्टा लाग्छ, यो रिर्पोट नआउञ्जेल घरबाट बाहिर ननिस्कनु भनियो । हुन्छ भनेर उनी घर आए । तर त्यही दिन शुक्रबार साँझ परेकाले ऊ दुई तीनवटा क्लब जान भ्याएछन् । भोलिपल्ट बिहान ७ बजे काममा पनि गएछन् । उसले काम गर्ने ठाउँमा त्यस दिन बिहान ८०–९० जना मानिस भेला हुने एउटा कार्यक्रम आयोजना गरिएको रहेछ । ऊ त्यहाँ वेटरको काम गर्थे ।

काम गर्दागर्दै छाती दुख्यो, मलाई एकदमै गाह्रो भयो भन्दै उनी खोक्न थाले । खोक्दा खोक्दै उनी त्यही ढलेछन् । त्यसपछि एमजेन्सी बोलाएर अस्पताल लगियो । अस्पतालले यो मान्छेलाई हामीले घरबाट ननिस्कन भनेका थियौं, तर काममा गएछन भनेछ ।

त्यत्ति गम्भीर समस्या छैन, ऊ उपचारमा सन्तुष्ट छ भनेर उसले काम गर्ने होटलका जर्नल म्यानेजरलाई अस्पतालबाट डाक्टरले फोन गरेर जानकारी दिए । यस विषयमा त्यहाँ काम गर्ने नेपालीसँग होटल प्रशासनले छलफलसमेत ग¥यो । छलफलमा होटल प्रशासनले सकरात्मक सन्देश दियो । आत्तिनुपर्ने कुनै कारण छैन, राम्रोसँग उपचार भइरहेको जानकारी अस्पतालले होटल प्रशासनलाई उपलब्ध गराएको थियो ।

उनी तीन महिनाअघि मात्र नयाँ स्थानमा बसोबास गर्न थालेका रहेछन् । त्यसैले धेरै नेपालीको सम्पर्कमा उनी थिएनन् । तर उनीसँग बस्ने सबैलाई अस्पतालले आइसुलेसनमा राखेको छ ।

उनी झापाका हुन्, पहिले सिड्नीमै बस्थे, उनी ताजमानिया आएको ५–६ महिना मात्र भएको थियो । नेपालबाट उनले कारोना भाइरस ल्याएका होइनन भन्ने अनुमान सहजै लगाउन सकिन्छ । उनी कोरोना भाइरसको संक्रमित हुन जहाजमा कुनै संक्रमित थिए वा उनले सिंगापुरमा बिताएको १८ घन्टा जिम्मेवार छ भन्ने सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *