लन्डन । एनआरएन युकेका निवर्तमान महासचिव आरके त्रिपाठी ले एनआरएनको आउंदो विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघको केन्द्रिय अध्यक्षमा जित्ने ठोकुवा गरेका छन् । संसारभरिका झन्डै २,८०० डेलिगेट्सहरुको विश्लेषण पछि उनले त्यस्तो बताएका हुन् । “एनआरएनएमा कसैले धेरै काम गरे बुझे भन्दा आरके त्रिपाठीले गरेको काम र सक्रियता पनि कम छैन होला। कहाँ जोड्ने कहाँ तोड्ने, कहाँ अनुरोध गर्ने, कहाँ नीतिगत लडाई गर्ने, कहाँ वैचारिक लडाईं गर्ने, एनआरएन डेलिगेट लाई कसरी अनुरोध गरी कसरी कुल आचार्यको समावेशी प्यानलको बारेमा पूर्ण रुपमा जानकारी दिई मत मागी बहुमत ल्याई नेतृत्व लिनुपर्छ भन्ने कुरा आरके त्रिपाठी लाई पूर्ण थाहा छ।
यहाँ कसैले कुल आचार्य समावेसी प्यानल जिताउ अभियानमा प्रचार सचिब भएकै नाताले आरके त्रिपाठीलाई सिध्याउनै पर्छ भनि कोठे बैठकमा छलफल गर्नुभन्दा डेलिगेटसंग भोट माग्न समय खर्चनु होला,” त्रिपाठीले आफ्नो फेसबुक संदेशमा भनेका छन्।बदलिंदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश संगै जसरी पनि आचार्यलाई जिताउने अभियानको धरातलमा उभिएको छु,उनले भनेका छन्
अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता धेरै मतदाता भएका मुलुकहरुमा प्रजातान्त्रिक पक्ष हावी भए पछि एनआरएन भित्र सिन्डिकेट जमाएर बसेको पक्षले क्षेत्रीय अध्यक्ष (आरसी) हरुलाई डेलिगेटबारे छानबिन गर्न दिने अवैध प्रस्ताव अघि सारेको छ। तर त्यस्तो अवैधानिक प्रस्तावलाई कुनै हालतमा स्वीकार नगरिने त्रिपाठीले बताए। “म प्रष्ट भन्छु कुल आचार्य समाबेसी प्यानललाई प्रजातान्त्रीक विधिद्वारा डेलिगेटलाई सम्झाई बुझाई मतदान गराई जिताउन सकिनं भने सदाको लागी बेलायत छाडी दिनेछु। संझनुहोस र लेख्नोस डायरीमा आरके त्रिपाठी पनि कमजोर खेलाडी होइन। कुल आचार्य समाबेसी प्यानल जितायरै छोडिनेछ,” त्रिपाठीले भनेका छन्।






