बेलायत कांग्रेसले २ वर्षमा के–के काम गर्‍यो ? पढ्नुस कामको विवरण (सूचीसहित)

शिब भण्डारी

लण्डन ।नेपाली कांग्रेसको भ्रात्री संस्था नेपाली जनसम्पर्क समिति युकेले २ वर्षको कार्यकालमा गरेका कामको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ। नेपाली जनसम्पर्क समिति युकेका सभापति युवराज गुरुङको सभापतित्वमा समितिका सह–महामन्त्री इन्द्रहाङ लिम्बुले कामको विवरण सार्वजनिक गरेका छन् ।

नेपाली जनसम्पर्क समिति युकेका सभापति युवराज गुरुङले गरेका कामको सम्पूर्ण विवरण यस्तो छ-

नेपाली जनसम्पर्क बेलायतमा आबद्ध भएपस्चात मैले खेलेको भूमिका सह महामन्त्री भाईले तयार गर्नु भएकोमा केही छुट्न गएको थप गर्न तथा जानकारी गराऊँन चहांछु । नेपाली जनसम्पर्कबेलायतको २०१३-२०१७ सभापति लोक गुरुंग ज्युको कार्यकालमा म उप सभापतिको पदमा रहेर काम गरे । त्यों समयमा हाम्रो मात्रीभुमी नेपालमा २०७२ सालमा माहभूकम्पले ठुलो धनजनको छेती भोगनु पर्यो ।

मात्रीभुमीमा भएको त्यों बिपतको घड़ीमा केही सहयोग गर्ने भनेर NPCC UK मेरो सम्योजकत्व राहत संकलन समिति बनायो र नेपाली १५ लाख रुपैया संकलन गर्न सफल भयों ।त्यों राहत बितरणको लागी म आफै नेपाल गए तत्कालीन नेपालसरकारका प्रधान मन्त्री सुशील कोईराला ज्युले नेपाली कांग्रेस पार्टीको तर्फ़बाट पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाको नेतृत्वमा एक अनुगमन समिति बनाउनू भएको थियो ।त्यों समयमा मैले यूकेमा संकलन भएको रकम म आफै संलग्न भई शेर बहादुर दाईको अनुगमन समितिसंग आबद्ध भई पूर्व प्रधान मन्त्री शेर बहादुर दाईको उपस्थितिमा भूकम्पबाट प्रभावित तीन ज़िल्ला नुवकोट , धादिंग र चितवनमा त्रिपाल तथा खाध्यान्न बितरण कार्यक्रम सम्पन्न गर्ने भूमिका निर्वाह गरे।२०७३ सालको नेपालमा भएको स्थानीय तहको निर्वाचनमा यूकेबाट नेपाल गएर दुई महीना मेरो गृह ज़िल्ला संखूवा सभा, सुनसरी, मोरंग, झापा, काभ्रे, ललितपुर लगायतका ज़िल्लाहरूमा चुनाव प्रचार प्रसार अभियानमा आबद्ध भई ससक्त भूमिका निर्वाह गरे।तत्पश्चात इस्वी सम्बत २०१७ साल September १६ तारीख़ नेपाली जनसम्पर्कसमिति यूकेको सर्वसम्मत रूपमा सभापति निर्वाचित भई सभापतिको पद ग्रहण गरी संगठनको नेतृत्व समहाले ।२०१७ साल October महीनामा नेपालमा भई रहेक़ो तीन तहको राष्ट्रीय चुनावको लागी नेपाल गएर नेपाली कांग्रेस पार्टीको “ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति २०७४” क़ो केन्द्रीय सदस्य मनोनीत भए जून चाहि नेपाली कांग्रेसका केन्द्रीय सदस्य , नेपाल बिध्यार्थी संग तथा नेपालतरुण दलका पूर्व केंद्रीय सभापति तथा पूर्व रक्षा मन्त्री बल कृष्ण खाँड़ दाईको नेतृत्वमा बनेको थियो ।नेपाली जनसम्पर्क समिति यूकेको सभापति तथा निर्वाचन परिचालन समितिक़ो केन्द्रीय सदस्यको हैसियतले नेपालको बिभिन्न २० ज़िल्लामा प्रचार प्रसारमा अति महत्वपूर्ण ज़िम्मेवारी पूर्वक पार्टीले दिएको भूमिका निर्वाह गरी ५ महीनासम्म नेपालमा पार्टी काममा खटे।यूके फ़र्कि सकेपछि पुन NPCC UK मा सभापतिको भुमीकामा सक्रिय भए।

नेपाली जनसम्पर्क समिति नेडरलैंड्सको मिति 13 January 2019 मा अधिवेशन गराऊँन केन्द्रीय सभापति आदरणीय शेर बहादुर देउवाको निर्देशनमा केन्द्रीय प्रतिनिधि भई सर्वसम्मत समिति चयन गरी अति महत्वपूर्ण भूमिका निर्बह गर्न सफल रहे।तत्पस्चात त्यसै गरी नेपाली जनसम्पर्क समिति नर्वेको तेश्रो अधिवेशन गर्नको लागी मिति २८ april २०१९ मा पुन नेपाली कांग्रेसका सभापति आदरणीय शेर बहादुर दाईको निर्देशनमा केन्द्रीय प्रतिनिधिको भूमिका प्राप्त भयो ।

त्यों ज़िम्मेवारी अति सफलताका साथ निर्वाह गरी नर्वेमा पनि सर्बसम्मत समिति गठन गरी अधिवेशन सम्पन्न गरे। मैल गरेको तथा निर्वाह गरेको भूमिका नितान्त नेपाली जनसम्पर्क समिति बेलायत तथा नेपाली कांग्रेस पार्टीको साख उच्च राख्नको लागी हो भन्ने कुरा यहहरूलाई जानकारी गराऊँन चहांछु । हालसलाई NPCC UK को भाईबर ग्रूपमा केही व्यक्तिले लेखेको अभिब्यक्ति हेरे त्यसमा लेखिएको थियो NPCC UK को नेतृत्वले केही गरेन संगठनलाई एउटा कोठरीमा लगेर थंक्ययो ।अबतपाईहरूले यो सम्पूर्ण गतिबींधी हेरेर मूल्यांकन गरी सुझावदिनु होला।

समितिका सभापति युवराज गुरुङको नेतृत्व समितिले गरेका कामको विवरण सार्वजनिक गर्दै समितिका सह–महामन्त्री इन्द्रहाङ लिम्बुले कामको विवरण हेरेर सही मूल्यांकन गर्न पनि आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि सुरेन्द्र पाण्डे, एनपी साउद, कांग्रेस सांसद बहादुर सिंह थापाको 
रोहबरमा चौंथो एकता अधिवेशनले युवराज गुरुङको सभापतित्वमा १६ सेप्टेम्बर २०१७ मा जम्बो कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यस्ता छन् नेपाली जनसम्पर्क समिति बेलायतले २ वर्षमा गरेका काम-

१) अधिवेशनपछि सन् २०१७ सेप्टेम्बर २३ मा पहिलो समितिको बैठक ( अतिथि पूर्व मन्त्री, सांसद र नेपाली कांग्रेस केन्द्रीय कमिटी सदस्य एनपी साउद र सांसद बहादुर सिंह थापा)

२) सन् २०१८ मार्च १० मा केन्द्रीय समिति सदस्य गोविन्द भट्टराईसँग अन्तक्रिया कार्यक्रम

३) सन् २०१८ अप्रिल ८ मा पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको सम्झनामा शोकसभा तथा द्विप प्रज्वलन

४) सन् २०१८ जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा अल्डरशटमा आयोजित च्यारिटी कार्यक्रममा सहभागी हुन यूरोपका अन्य देशबाट वेलायत आएका कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थितमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको

५) सन् २०१८ जुन ३० मा वार्षिक भेटघाट

६) सन् २०१९ जुलाई १ मा ४३ औँ राष्ट्रिय मेलमिलाप दिवस आयोजित कार्यक्रममा (पूर्व संविधान सभाका सांसद् नगेन्द्र कुमार कुमाल प्रमुख अतिथि)

७) सन् २०१९ फेब्रुअरी ४ मा नेपाली दूतावास भवन अगाडि जम्मा भएर सरकारको विरोध गर्दै सरकारविरुद्ध ज्ञापनपत्र

८) सन् २०१९ फेब्रुअरी २० मा एनआरएनए यूकेद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम र विरोध

९) सन् २०१९ फेब्रुअरी २३ मा ६९ औँ प्रजातन्त्र दिवस र पूर्व सूचना तथा सञ्चार मन्त्री नेता डा मिनेन्द्र रिजालसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम १०) सन् २०१९ मार्च ३० मा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई लण्डनमा स्वागत तथा कार्यसमितिको बैठक

११) सन् २०१८ अप्रिल ६ मा प्रदेश ३ का सांसद् बिजुला बर्मा, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियन उपाध्यक्ष बाला अधिकारी र महासचिव अजय बाबु सिवाकोटीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

१२) सन् २०१९ मे २७ मा एनआरएनए आयरल्याण्ड र वरिष्ठ पत्रकारसँग भेटघाट

१३) सन् २०१९ जुन ३० मा सुजाता परियार र दीपक आचार्यसँग कार्यक्रम

१४) २०१९ जुलाई ६ मा कार्यसमितिको बैठक

१५) २०१९ जुलाई ९ मा नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरसँग अन्तरक्रिया

१६) २०१९ डिसेम्बर १ मा समितिको बैठक

१७)  झापा सभापति उदब थापासँग अन्तरक्रिया कार्यक्रम।म्याग्दीका सभापति खम्बिर कर्बुजासँग अन्तरक्रिया कार्यक्रम। तरुण दल महामन्त्री भुपेन्द्रजंग साहीसँग अन्तरक्रिया कार्यक्रम ।

१८) २०१९ डिसेम्बर २९ मा कांग्रेस नेता सञ्जय गौतमसँग बृहत अन्तरक्रिया

१९) सन् २०२० फेब्रुअरी १८ मा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य पूर्व राज्य मन्त्री सरिता प्रसाईँ तथा नेपाली कांग्रेसकी नेत्री प्रतिनिधि सभा सदस्य महेन्द्र लिम्बुलाई नेपाली जनसम्पर्क समितिको सम्मान

२०) सन् २०२० अप्रिल २२ मा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

२१) सन् २०२० मा हडर्सफिल्ड विश्वविद्यालयका ५० विद्यार्थीलाई राहतस्वरुप खाद्यान्न वितरण

२२) सन् २०२० मे १८ मा दोस्रो चरण राहत वितरण कार्यक्रमका लागि कार्डिफ युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीलाई खाद्य सामग्री सहायता २३) सन् २०२० मे २२ मा मोदीलाई कांग्रेस, नेकपा, जनता समाजवादी र राप्रपाको बेलायतस्थित संगठनहरुको संयुक्त बिरोधपत्र

२४) २०२० जुन १० मा नेपाली जनसम्पर्क समिति बेलायतद्वारा चितवनको इच्छाकामना गाऊँ पालिकाको चेपाङ बस्तीमा राहत बितरण

२५) सन् २०२० जुन १६ मा प्रधानमन्त्री ओलीलाई ११ बुँदे ज्ञापन–पत्र झापा सभापति उदब थापासँग अन्तरक्रिया कार्यक्रम।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिति बेलायतले कार्यक्रमको आयोजना गर्न नसकेपनि सामाजिक सञ्जालमार्फत अहिलेसम्मका कामको विवरण सार्वजनिक गरेको हो। सभापति युवराज गुरुङ नेतृत्व चौँथो अधिवेशनले गठन गरेको ४७ सदस्यीय कार्यसमिति छ।