काठमाडौँ- दुबईबाट रसियाका लागि उडेको विमान रूसमा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । विमान दक्षिणी रूसको रोस्तोव अनडन क्षेत्रमा दुर्घटनामा परेको हो । उक्त विमानमा ५५ जना यात्रु र ७ विमानका क्रु मेम्बर रहेका थिए ।
विमान भिजिबिलिटीका कारण दुर्घटना भएको बताइएको छ । स्थानीय प्रवक्ताका अनुसार ५५ यात्रु रहेको बोइंग-७३७ विमान दुर्घटना भएको हो । विमानमा ७ जना चालक दलका सदस्य थिए । दुर्घटनामा मर्नेको संख्या ६२ बताइएको छ । पहिले आधिकारीहरूले विमान ४ जना क्रु मेम्बर भएको बताइएको थियो । तर, पछि विमानमा सवार ७ क्रु मेम्बरसहित ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
मन्त्रालयका तर्फबाट जारी आधिकारिक बयानका अनुसार दुर्घटना अन्तराष्ट्रिय समयानुसार राती १२ बजेर ५० मिनेटमा भएको हो ।
विज्ञप्तिमा दुबईबाट रोस्तोव अनडन आईरहेको बोइंग ७३७ विमान दुर्घटना भएपछि आगो लागेको थियो । अन्तराष्ट्रिय समयानुसार राती दुई बजे आगो नियन्त्रणमा लिइएको थियो ।






