राष्ट्रिय सहमतिको एजेण्डा बनाउँदै प्रधानमन्त्री ओली

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने चीन भ्रमणका लागि सरकारले एजेण्डा तय गरेको छ । आज त्यसलाई अन्तिम रुप दिन प्रधानमन्त्रीका तहबाट गृहकार्य हुनेछ । परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेको छ । त्यसलाई प्रधानमन्त्रीले अन्तिम रुप दिनुहुने उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ । पहिले चर्चामा रहेको इन्धन खरिद सम्झौता भने नहुने भएको छ । भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता (एफटिए) गर्ने तयारी छ । नेपालले यससम्बन्धी पठाएको प्रस्तावमा चीनले सकारात्मक जवाफ पठाइसकेको छ । चीनले ०६९ मा बिप्पाको मस्यौदा प्रस्ताव गरेको थियो ।
नेपालले ०७१ मंसिरमा मस्यौदा अध्ययन गरेर जवाफ पठाएपछि चीनले चासो दिएको छैन । चीन भ्रमणका क्रममा तातोपानी नाका नेपाल चीन मित्रताको प्रतीक भन्दै सुचारु गर्नुपर्ने तथा केरुङ नाका वर्षभरि सुचारु गर्ने गरी पूर्वाधार निर्माण गर्न नेपालले चीनसँग सहयोग प्रस्ताव छ । यसबाहेक संखुवासभाको किमाथांका र मुस्ताङको कोरला नाका खोल्न र कम्तीमा दुई लेनको बाटो चीनले बनाइदिन पनि प्रस्ताव गर्दैछ ।