पूर्वराजा शाह चितवनमा

पूर्वराजा ज्ञानेन्द्र शाह आज पारिवारिक भ्रमणका सिलसिलामा चितवन आउनुभएको छ । पूर्व राजा शाहलाई भरतपुर विमानस्थलमा बाजागाजासहित उहाँका समर्थकले स्वागत गरेका थिए । पूर्व राजा शाह करिब एक साता चितवनमा बस्ने कार्यक्रम रहेको र केही दिनपछि पूर्व युवराज्ञी हिमानी शाह पनि चितवन आउने बताइएको छ ।