पोखरा, २२ चैत्र । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमतिको संभावना नदेखिएको भन्दै निर्णायक आन्दोलनका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले सत्तारुढ दलहरु सहमतिका लागि तयार भए आन्दोलनका कार्यक्रममा परिमार्जन गर्न सकिने समेत बताए । हाललाई आम हड्ताल लगायतका विरोध कार्यक्रम यथावतै रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको बताए ।
काँग्रेस र एमालेले सहमतिबाट संविधान बनाउन नचाहेको भन्दै उनले राज्य पुनर्संरचनाको विषय थाति राखेर संविधान जारी गर्ने कुरा मान्य नहुने समेत स्पष्ट पारे ।
अब निर्णायक आन्दोलन हुन्छः प्रचण्ड






