काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय चुनावमा सेना परिचालन गर्नु गलत भएको बताएका छन् ।
विराटनगरको डिग्री क्याम्पस मतदान केन्द्रमा मतदान गरेपछि मिडियासँगको कुराकानीमा यादवले नेपाल प्रहरी र सशस्त्र प्रहरीले चुनाव गारउन सक्ने अबस्था रहदा रहदै सेना परिचालन गरेर सरकारले गल्ती गरेको बताए ।
उनले २ नम्वर प्रदेशमा चुनाव हुन नसक्नुमा राज्य दोषी रहेको बताए । उनले भने, ‘दुई नम्वर प्रदेशमा पनि जसरी पनि चुनाव गराउनु पर्दथ्यो । राज्यको गलत दृष्टिकोणका कारण चुनाव हुन सकेन ।’
उनले राजपा तर्पm संकेत गर्दै चुनावको विरोध गर्नु अनाबश्यक रहेको बताए ।






