प्रवासमा सिकेको सीप र ज्ञानलाई नेपालको हितमा प्रयोगबारे लन्डनमा अन्तरक्रिया हुने

लन्डन । प्रवासमा सिकेको सीप र ज्ञान नेपालको हितमा प्रयोग विषयक लन्डनमा अन्तक्र्रिया हुने भएको छ । बेलायतबाट संचालित अंग्रेजी अनलाइन साउथ एसिया टाइमको प्रथम वार्षिकोत्सवका अवसरमा तीन संस्थाको सहआयोजनमा उक्त अन्तरक्रिया हुने भएको हो ।

प्रवासको सीप, ज्ञान र लगानीलाई कसरी नेपालको विकासमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमुख विषय रहेको कार्यक्रममा वातावरण विनास, भ्रस्टाचार नियन्त्रण र उद्यमशीलताको भूमिकाबारे बहस हुने कार्यक्रम संयोजक तथा साउथ एसिया टाइम अनलाइनका सम्पादक जगन कार्कीले जानकारी दिए ।

बहसकै खातिर बहस भन्दा पनि केही परिणाम मुखी कार्यक्रमको ढांचा र रुपरेखा सहित अघि बढ्न सहयोग पुगोस् भन्ने हेतुले मिडिया, विकास र अधिकारकर्मीको संयुक्त प्रयासमा कार्यक्रम गर्न लागिएको साउथ एसिया टाइम अनलाइनका कार्यकारी सम्पादक तथा इन्टरन्याशनल सोलिड्यारिटी फोरम फर नेपाल युकेका अध्यक्ष डा. कृष्ण उपाध्यायले बताए ।

कार्यक्रममा छुट्टा छुट्टै शीर्षकमा ५ जना विज्ञहरुको प्रस्तुति रहने छ । उच्च शिक्षाको निजीकरण सम्बन्धमा लिभरपुल जोन मूर विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडा, उद्यमशीलता र भ्रस्टाचार नियन्त्रण सम्बन्धमा डा. कपिल रिजाल, दिगो विकासका सम्बन्धमा प्रकाश खनाल, जलवायु परिवर्तनको राजनीतिका बारेमा बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्का तथा राजनीतिमा महिला सहभागिता तथा महिला अधिकार सम्बन्धमा युनिभर्सिटी कलेज लण्डनकी रिसर्च फेलो डा. पुनम यादवले प्रस्तुति दिनेछन् । प्रस्तुति पछि ती बिषयहरुमा राउण्ड टेबल अन्तरक्रिया हुनेछ ।

कार्यक्रमको विस्तृत विवरण, उद्देश्य तथा ढांचाबारे यहाँ हेर्न सकिन्छ :

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fbit.ly%2F2RBDiz4%3Ffbclid%3DIwAR1-loUga8sbb83whw0Ti4HlSyeN1rOGtms81tMxsvqaZj2xMvcNVDQHNsE&h=AT0MnJHd8YFeZBKwR-bY0WK-wgF0x9X8XHQnF2vnTvpMe_dFXAnnZrH0PQZ1xKqOGHudDVzPhj829uT9nGxMipq6LbdnSQKujUmPscPchak7bH5XhC8f89-rHtXPZuM4804

Leave a Reply

Your email address will not be published. Required fields are marked *